नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

दिल्ली र नेपालका शक्ति मिलेर प्रधानमन्त्रीबाट हटाउन खोजे : प्रधानमन्त्री
काठमाडाैँ। प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरासहितको नक्सा छापेबापत दिल्ली र नेपालका शक्ति मिलेर आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजिरहेको बताउनु भएको छ ।
मदन भण्डारी फाउण्डेशनले बालुवाटारमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनु भएको हो । उहाँले दिल्लीका सञ्चार माध्यम र नेपालका होटेलमा भइरहेका गतिविधि र एम्बेसीको सक्रियताले आफूलाई हटाउने खेल चलिरहेको कुरा सुनाउनु भयो ।
कसैले आफूलाई प्रधानमन्त्रीबाट हटाउने सपना नदेखेकै राम्रो हुने चेतावनी उहाँले दिनु भएको छ । प्रधानमन्त्री ओलीले आफू अहिले आफ्ना लागि नभई देशका लागि र आजका लागि नभई भोलिका लागि प्रधानमन्त्रीको पदमा रहेको बताउनु भयो ।०००