भारत–चीन गलवान सीमा विवादमा नेपालले मुख खाेल्याे

काठमाडौं । दुई छिमेकी मुलुक भारत र चीनबीच लाइन अफ एक्चुअल कन्ट्रोल अर्थात् एलओसीको विषयलाई लिएर बढेको विवादबारे नेपालले प्रतिक्रिया जनाएको छ । नेपालले विवादको शान्तिपूर्ण समाधान निकाल्न सुझाव दिएको छ ।

योसँगै नेपाल भारत र चीनको सीमा विवादका विषयमा प्रतिक्रिया दिने पहिलो दक्षिण एसियाली मुलुक ठहरिएको छ । परराष्ट्र मन्त्रालयले शनिवार विज्ञप्ति जारी गरेर लद्दाखको गलवान उपत्यका क्षेत्रमा उब्जिएको समस्यालाई समाधान गर्न दुई मित्रवत छिमेकीहरु सक्षम रहेको विश्वास व्यक्त गरेको छ ।

विज्ञप्तिमा नेपाल सँधै क्षेत्रीय र विश्व शान्तिको पक्षमा उभिँदै आएको उल्लेख छ । यस्तै, कुटनीतिक भाषामा नेपालले भारत–चीन दुबै छिमेकीको हिसाबले द्विपक्षीय, क्षेत्रीय र विश्व शान्तिलाई कायम राख्ने गरी शान्तिपूर्ण समाधान खोज्ने छन् भन्ने विश्वास व्यक्त गरेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *