हिमालय एयरलाइन्सकाे नयाँ उडान तालिका सार्वजनिक

काठमाडाैँ । हिमालय एयरलाइन्सले नयाँ उडान तालिका सार्वजनिक गरेकाे छ । काेराेना संक्रमणा राेकथानमका लागि सरकारले गरेकाे लकडाउनका कारण अन्तरार्ष्ट्रिय उडान बन्द रहेकै अवधिमा नागरिक उड्डयन तथा प्राधिकरणकाे शर्तअनुसार जून २१ देखि २३ तारिखसम्म उडान भर्ने गरी तालिका सार्वजनिक गरेको हाे ।

उडान तालिका अनुसार एयरलाइन्सको जून २१ तारिखमा मलेशियाको क्वालालम्पुरबाट नेपालसम्मको एक उडान छ । सोही दिन एयरलाइन्सले पाकिस्तानको इस्लामावादबाट पनि एउटा उडान भर्नेछ ।

यस्तै जून २२ तारिखमा हिमालयन एयरलाइन्सले माले र दोहाबाट नेपालीहरुलाई ल्याउने छ । सोही दिन एयरलाइन्सले यूएईका नेपालीहरुलाई ल्याउने छ । एयरलाइन्सले जून २३ मा साउदी अरेबिया र कुवेतबाट नेपालीहरुलाई स्वदेश ल्याउने छ ।

उडान तालिका अनुसार जून २४ मा पनि हिमालय एयरलाइन्सले यूएई र कतारबाट उडान भर्नेछ । हिमालय एयरलाइन्ससँगै नेपाल एयरलाइन्स र विदेशी एयरलाइन्सको पनि उडान हुने पर्यटन मन्त्रालयलले सार्वजनिक गरेको उडान तालिकामा उल्लेख छ ।

यी उडान तालिका यात्रुको उपलब्धताको आधारमा परिवर्तन पनि हुन सक्ने एयरलाइन्सले जनाएको छ । मन्त्रालयकै शर्त अनुसार ८५ प्रतिशत यात्रु भएमात्र उडान हुने पनि एयरलाइन्सले जनाएको छ । यात्रुहरुले पीसीआर वा आरडीटी नेगेटिभरिपोर्टको प्रमाणपत्र पेश गर्नुपर्ने छ ।

विदेशबाट उद्धार गरिने नेपालीहरुलाई होटल क्वारेन्टिनमा राख्ने सरकारको नीति छ । कोरोना भाइरस संक्रमण रोकथामका लागि जारी लकडाउन कारण विदेशमा समस्यामा परेका नेपालीहरुलाई सरकारले उद्धार गर्ने काम जारी छ ।

उडान तालिका यस्ताे छः

Leave a Reply

Your email address will not be published. Required fields are marked *