आजदेखि मधेसी राष्ट्रवादी होइन भन्ने विभेद अन्त्य ग¥यौँ, संविधान संशोधन पारित हुन्छ : राजेन्द्र महतो

काठमाडौँ । कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएकाे नक्सा अनुसूचीमा समावेश गर्ने विधेयक संशाेधन संसदबाट सर्वसम्मत स्वीकृत हुने जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले बताउनुभएकाे छ ।

प्रतिनिधिसभाको बैठकमा नेपालको संविधान (दोश्रो संशोधन) विधयेक, २०७७ सर्वसम्मतिले पारित गरियोस् भन्ने प्रस्तावपछि उहाँले आफ्नो धारणा राख्नुभएको हो ।

उहाँले यो सामान्य प्रस्ताव नभएको बताउँदै देशको भूमिको सवाल, नेपालको नक्सामा राख्ने सवाल सामान्य विषयवस्तु नभएको बताउँदै राष्ट्रियता, सार्वभौमिकतासँग जोडिएको स्पष्ट पार्नुभयो ।

कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएकाे नक्सा संविधानकाे अनुसूचीमा राख्ने संशाेधन प्रस्ताव सदबाट पारित गर्न आएको बताउँदै नेपाली जनताको लागि धेरै महत्वपूर्ण रहेको बताउनुभयो । हिमाल, पहाड र तराईका नेपाली आफ्नो भूमिप्रति संवेदनशील रहेको बताउनुभयो ।

भारतीय सीमामा मधेसी जनताले लडेको छ , त्यहाँ नेपाली सेना राख्न जरुरी छैन बताउँदै जस्तो पीडा भए पनि त्यहाँका जनताले सहेर भारतीयसँग लडिरहेको उहाँले बताउनुभयो । लिपुलेक, लिम्पियाधुरा र कालापानी ५८ वर्षअघिदेखि नेपाली भूभाग नै भएको उहाँले स्पष्ट पार्नुभयो ।

मधेसी जनता पनि राष्ट्रवादी भएको धेरै इतिहास भएको बताउँदै उहाँले काजगमा मात्र भएर हुँदैन व्यवहारिक रुपमा पनि भूभाग फिर्ता ल्याउन सरकारसँग आग्रह गर्नुभयो । नेपाल र भारतको सम्बन्ध सिंहदरबारले नबनाएको बताउँदै जनताले बनाएको स्पष्ट गर्नुभयो ।

अधिकार र पहिचानप्रति, समानताको लागि रिजर्भेसन भए पनि राष्ट्रियताको लागि सबै असन्तुष्टि थाँती राखेर प्रस्तावलाई सहर्ष समर्थन गरेको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *