गण्डकी प्रदेशमा ३७ सङ्क्रमित थपिए

पाेखरा । गण्डकी प्रदेशमा कोरोना भाइरस सङ्क्रमित ३७ जना थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज बिहान जारी गरेको प्रेस विज्ञप्तिअनुसार गण्डकीका स्याङ्जामा २२, पर्वतमा १३ तथा तनहुँ र नवलपुरमा एक–एक जनामा सङ्क्रमण पुष्टि भएको छ । थपिएका तीन वर्षदेखि ६६ वर्षसम्मका पुरुष छन् ।

स्वास्थ्य निर्देशनालयका निर्देशक एवं प्रदेशमा कोरोना रोकथामका लागि गठित उच्चस्तरीय निर्देशक समितिका प्रवक्ता डा विनोदविन्दु शर्माका अनुसार स्याङ्जाको गल्याङ नगरपाालिकाका ६६, ४४, १६, २०, १८, २९, ३५, २३, १५, ४५, २५, २०, ३१, २५, २०, २०, २४ र ३५ वर्ष उमेरका गरी १८ र वालिङ नगरपालिकाका ३३ र ३५ वर्ष तथा अर्जुन चौपारी गाउँपालिकाका तीन वर्षका एक र अर्को चार वर्षका एक जना छन् ।

त्यसैगरी पर्वतको कुस्मा नगरपालिका–१० मध्ये १९, २३, २९, ३७, ४५, २८, २० र २८ वर्षीय पुरुष र अर्का एक जनाको उमेर खुलेको छैन । ३५ वर्षका एक पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार गरिहेको रहेको बताइन्छ । अन्य सङ्क्रमित पैँयु गाउँपालिकाका २० र विहादी गाउँपालिका ३५ वर्षका छन् ।

तनहुँको घिरिङ गाउँपालिकाको १९ वर्षका र नवलपरासीको मध्यविन्दु नगरपालिकाका १७ वर्षका पुरुषमा सङ्क्रमण पुष्टि भएको निर्देशक शर्माले जानकारी दिनुभयो । सङ्क्रमितलाई सम्बन्धित जिल्लाको जिल्ला अस्पतालमा उपचारका लागि ल्याउने तयारी भइरहेको बताइन्छ । हालसम्म गण्डकीका मनाङ र मुस्ताङबाहेक अन्य नौ जिल्लामा कोभिड–१९ सङ्क्रमित फेला परेका छन् । जम्मा सङ्क्रमित १८८ पुगेका छन् ।

स्याङ्जामा ६०, बागलुङमा ४०, नवलपरासी बर्दघाट सुस्तापूर्वमा ३८, गोरखामा १५, पर्वतमा २२, कास्कीमा पाँच, तनहुँमा चार, म्याग्दीमा तीन र लमजुङमा एक सङ्क्रमित छन् । गण्डकी प्रदेशका गत चैत १५ गते बाग्लुङका एक १९ वर्षीया किशोरीमा पहिलोपटक सङ्क्रमण फेला परेको थियो । हालसम्म सङ्क्रमितमध्ये ११ जना उपचार गराएर निको भएपछि घर फर्किएका छन् भने बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । सङ्क्रमितमध्ये स्याङ्जाका एक जनाको मृत्यु भएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *