हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
बिहीबारबाट बिहानमा सबैखाले पसल खुल्ने
काठमाडौँ । सरकारले गरेको लकडाउनले चरम मारमा परेको भन्दै व्यवसायीहरुले बिहीवारबाट व्यवसायी खोल्ने निधो गरेका छन् ।
बुधवार काठमाडौंमा बसेको व्यवसायीहरुको बैठकले कोरोना कहरकाबीच चारैतिरबाट आपत आइलागेको भन्दै बिहीवारबाट बिहान ११ बजेसम्म दैनिक पसल खोल्ने निर्णय गरेको नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कट्वालले जानकारी दिनु भयो ।
उहाँले आफुहरुले तीन मूल मुद्दा अघि सारेर यस्तो निर्णय लिएको बताउनु भयो । पहिलो नम्बरमा बैंकले किस्ता माग्ने, दोस्रोमा घरबेटीले भाडा माग्ने र तेस्रो नम्बारमा सरकारले कर माग्ने एकै पल्ट भएपछि आफुहरुलाई चौरैतिरबाट आपत आइलागेको कट्वालको भनाई छ । आफूहरुको निर्णयलाई लकडाउनको अवज्ञा गर्न लागेको भनेर नअथ्र्याउन भन्दै अध्यक्ष कट्वालले असामाजिक दुरी कायम गरेर व्यवसाय खोल्न पाउनु पर्छ भन्ने आफुहरुको माग रहेको बताउनु भयो । ०००