नेपालमा कोरोना संक्रमणबाट फेरि अर्का एक पुरुषको मृत्यु

काठमाडौँ । नेपालमा बुधवार थप एक जना कोरोनाभाइरसका कारण मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ९ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा डा. देवकोटाले दोलखाका ७६ वर्षीय पुरुषको टिचिङ्ग अस्पतालमा बुधवार मृत्यु भएको जानकारी दिनुभयो ।

त्यस्तै बुधबारमात्रै मुलुकभर दुई सय एक जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा बिकास देवकोटाले  जानकारी दिनुभयो । संक्रमण हुनेमा १७९ पुरुष र २२ महिला रहेका छन् । यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या २ हजार ३ सय पुगेको छ । यस्तै २ सय ७८ जना संक्रमणबाट मुक्त भइ डिस्चार्ज भएको प्रवक्ता देवकोटाले बताउनुभयो ।

प्रवक्ता देवकोटाले हालसम्म पिसीआर बिधिबाट ८०२६७ र आरडिटीबाट १, २०, ३७९ कोरोना परिक्षण गरिएको जानकारी दिनुभयो । त्यस्तै हाल १ लाख ५५ हजार ८६८ जना क्वारेन्टाइन रहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *