नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

बलिउडका चर्चित संगीतकर्मी वाजिद खानको निधन
एजेन्सी । बलिउडका चर्चित संगीतकर्मी वाजिद खानको निधन भएको छ ।
४२ वर्षका खानको मुम्बई अस्पतालमा आज विहान निधन भएको हो । खानको मृगौला संक्रमणका कारणले निधन भएको बताइएको छ । वाजिद सलमान खानको चर्चित चलचित्र ‘वान्टेड, दबंग, एक था टाइगर’ लगायतका चलचित्रको गीतमा संगीत भर्ने संगीतकार हुन् । उनको मृत्यु कोरोनाका कारण भएको बताइएको थियो ।
तर, संगीतकर्मी सलिम मच्र्यान्टले उनको मृत्युको कारण ट्वीटर मार्फत जानकारी दिएका छन् । सलिमले वाजिदलाई धेरै अगाडिदेखि सुराना अस्पतालमा भर्ना भएको बताएका छन् । सलिमका अनुसार खानको स्वास्थ्य अवस्था केही दिनदेखि बिग्रदै गईरहेको थियो ।०००