नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

प्रदेश २ मा नयाँ ७६ जना सङ्क्रमित थपिए
वीरगञ्ज । प्रदेश २ मा ७६ जना सङ्क्रमित थपिएसँगै कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएकाको सङ्ख्या चार सय पुगेको छ । प्रदेश २ सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी विजय झाले बिहीबार बिहान थप ७६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि प्रदेश २ मा सङ्क्रमितको सङ्ख्या चार सय पुगेको जानकारी दिनुभयो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा ७४ र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा गरिएको परीक्षणमा २ जनाको पोजेटिभ आएको रिपोर्ट बिहीबार बिहान आएको हो ।
पछिल्लो परीक्षणमा सङ्क्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै धनुषाका २९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यस्तैगरी पछिल्लो परीक्षणमा सङ्क्रमण पुष्टि हुनेमा महोत्तरीमा १७ जना, सप्तरीमा १४ जना, सर्लाहीमा सात जना, सिरहामाछ जना र रौतहटमा तीन जना रहेका छन् ।
अहिले सम्ममा प्रदेश २ का आठै जिल्लामा सङ्क्रमण देखिएको छ । हालसम्म प्रदेश २ मा कोरोना सङ्क्रमणको कारण एक जनाको मृत्यु भएको छ, ९७ जना उपचारपछि निको भएर घर फर्किएका छन् । उपचारपछि निको भएर घर फर्कनेमा पर्साका सर्वाधिक ८८ जना, रौतहटका तीन जना, बाराका २ जना, सर्लाहीका २ जना र धनुषाका २ जना रहेका छन् ।