नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

कोरोना संक्रमणका कारण ललितपुरमा १ जनाको मृत्यु
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ललितपुरमा १ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।
ललितपुर महानगरपालिका–२२ का ५७ वर्षीय पुरुषको किष्ट अस्पतालमा कोरोना संक्रमणका कारण बुधबार साँझ निधन भएको हो । बुधबारै आएको कोरोना परीक्षणको रिपोर्ट पनि पोजेटिभ नै रहेको स्वास्थ्य कार्यालय, ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले जानकारी दिनुभयो ।
सिकिस्त बिरामी परेपछि उनलालाई गत ११ गते पाटन अस्पताल लगिएको थियो । त्यहाँ स्वास्थ्य सामाग्री अभावमा उपचार हुन नसकेपछि किस्टमा रिफर गरिएको थियो । स्वास्थ्यमा अत्यधिक समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार गरिरहेकोमा बुधबार साँझ निधन भएको अस्पताल स्रोतले जनाएको छ ।
स्रोतका अनुसार ‘भेण्टिलेटरमा सारेकै दिन उनको थ्रोट स्वाब प्रयोगशालामा पठाइएको थियो । बुधबार साँझ पीसीआर रिपोर्ट पोजेटिभ आएको अस्पताल स्रोतले जनाएको छ ।
कोरोना भाइरसबाट नेपालमा पाँचौं व्यक्तिको मृत्यु भए पनि औपचारिक घोषणा गर्न भने बाँकी छ ।