किन बनाएकाे थियाे अमेरिकाले हिराेसिमा निशाना ?

६ अगस्त १९४५ मा पहिलाे पटक परमाणु बमकाे प्रयाेग जापानकाे प्रमूख अाैद्याेगिक क्षेत्र हिराेसिमामा गरिएकाे थियाे ।  परमाणु बम खसाल्नकाे लागि हिराेसिमा यसकारण चुनिएकाे थियाे कि उक्त स्थानमा अमेरिकी वायुसेनाकाे अाक्रमणकाे निशाना बनाइएकाे थिएन । त्यसैले उक्त स्थानमा परमाणु बमकाे विध्वंस क्षमता पत्ता लगाउन सजिलाे हुन्थ्याे । यसका साथै हिराेसिमा जापानकाे प्रमूख अाैद्याेगिक तथा शैन्य इलाका पनि थियाे । बढी अावादी भएकाे ठाउँलार्इ निसाना बनाउन पनि मनाही गरिएकाे थियाे  ।

 कसरि गिराइएकाे थियाे पहिलाे परमाणु बम 

 ६ अगस्त १९४५ मा अमेरिकी बी -२९ बमवर्षक बिमानले हिराेसिमामा बम बर्षाएकाे थियाे । बमलार्इ प्यारासुटकाे माध्यमबाट खसाइएकाे थियाे  जमिन भन्दा ५ सय ८० मिटरकाे उचार्इमा बम बिस्फाेट गरिएकाे थियाे । उक्त बिस्फाेटनबाट १० बर्ग किलाेमिटर क्षेत्र ध्वस्त भएकाे थियाे ।

परमाणु बम बिस्फाटपछि हिराेसिमामा अागाे लागेकाे थियाे । उक्त अागाे तीन दिनसम्म जारी रहेकाे थियाे । बिस्पाेटकाे एकै झट्कामा करिब ८० हजारकाे मृत्यु भएकाे थियाे । बम अाक्रमणपछि हिराेसिमामा यति गर्मी भएकाे थियाे की मानिसहरू जलेर मरे । त्यसपछि परमाणु बिकिरण सम्बन्धी राेगका कारण करिब १ लाख ४० हजार मानिसहरूकाे मृत्यु भएकाे थियाे ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *