प्रदेश नं २ मा दोस्रो चरणको राहत वितरण

जनकपुर । प्रदेश नं २ सरकारले दोस्रो चरणको राहत वितरण शुरु गरेको छ । लकडाउन लम्बिएपछि दैनिक ज्यालादारी गर्ने मजदुर तथा विपन्न घरपरिवारलाई हातमुख जोड्न समस्या नहोस् भनेर प्रदेश सरकारले दोस्रो चरणमा राहत वितरण शुरु गरेको हो ।

प्रदेश नं २ का उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयमातहतको घरेलु तथा साना उद्योग कार्यालयले प्रदान गरेको राहत वितरण कार्यक्रमको बुधबार पर्यटनमन्त्री रामनरेश रायद्वारा प्रारम्भ गरिएको छ ।
प्रदेश सरकारले चामल २५ किलो, दाल, खानेतेल, नुन, सोयाबिन, हात तथा लुगा धुने साबुन राहत सामग्री वितरण गरेको छ । यसपटक वडामार्फत राहत सामग्री गरिब तथा विपन्न वर्गलाई प्रदान गर्ने प्रदेश सरकार मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।

उच्च अदालतद्वारा कारण देखाऊ परमादेश जारी

लकडाउनका कारण प्रभावित गरिब विपन्न श्रमिक वर्ग असहायलाई सङ्घीय सरकार तथा प्रदेश सरकारको मापदण्डअनुसारको राहत वितरण नभएको भन्दै मानवअधिकारकर्मी विनोद महरा र अधिवक्ता भोगेन्द्र यादवले बुधबार उच्च अदालत जनकपुरमा दायर गरेको रिटमा परमादेश प्रतिषेध जारी भएको छ ।

न्यायाधीश राजेश्वर तिवारीको एकल इजलासले कोरोना नियन्त्रण, राहत वितरण सम्बन्धमा नेपाल सरकारले तय गरेको नीति, निर्देशन र मापदण्डबमोजिमको कार्य गर्नु÷गराउनु भनी विपक्षीका नाममा परमादेश प्रतिषेध जारी भएको हो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *