प्रदेशसभा बैठकमै मागियाे प्रधानमन्त्री ओलीको राजीनामा

What To Know

  • काठमाडाैँ । प्रदेश ५ को प्रदेशसभामा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरिएकाे छ। बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले प्रधानमन्त्री ओलीको राजीनामा माग गरेका हुन्। आइतबार बसेको प्रदेशसभाको बैठकमा बिशेष समय लिएर बोल्दै कांग्रेस सांसदहरु भुवनेश्वर चौधरी र पुष्पा थरुनीले प्रधानमन्त्री ओलीको राजीनामा  माग गरेका हुन् ।.
  • दुई तिहाईको दम्भकै कारण संबैधानिक परिषदबाट प्रधान न्यायाधिसमा सिफारिस भएका कामु प्रधान न्यायाधिस दिपकराज जोशीको नाम अनुमोदन नगरिएको बताउँदै कांग्रेस सांसदहरुले प्रधान न्यायाधीश प्रकरणले सरकार अधिनायकवाद तर्फ अगाडि बढेको संकेत गरेको आरोप छ ।.

काठमाडाैँ । प्रदेश ५ को प्रदेशसभामा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरिएकाे छ। बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले प्रधानमन्त्री ओलीको राजीनामा माग गरेका हुन्। आइतबार बसेको प्रदेशसभाको बैठकमा बिशेष समय लिएर बोल्दै कांग्रेस सांसदहरु भुवनेश्वर चौधरी र पुष्पा थरुनीले प्रधानमन्त्री ओलीको राजीनामा  माग गरेका हुन् ।

उनीहरुले प्रधानमन्त्री नेतृत्वको संबैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस गरेको व्यक्तिलार्इ संसदीय सुनवार्इ विशेष समितिले प्रधान न्यायाधीशमा अयोग्य भएकाे देखाइएकाेले नैतिकताको आधारमा प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताएका हुन् ।

अयोग्य व्यक्तिलाई प्रधानन्यायाधीसमा सिफारिस गर्ने प्रधानमन्त्रीमाथि पनि नैतिक प्रश्न सिर्जना भएकाे भन्दै उनीहरुले नैतिकताको आधारमा प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने दावी गरेका हुन्।

दुई तिहाईको दम्भकै कारण संबैधानिक परिषदबाट प्रधान न्यायाधिसमा सिफारिस भएका कामु प्रधान न्यायाधिस दिपकराज जोशीको नाम अनुमोदन नगरिएको बताउँदै कांग्रेस सांसदहरुले प्रधान न्यायाधीश प्रकरणले सरकार अधिनायकवाद तर्फ अगाडि बढेको संकेत गरेको आरोप छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *