बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

कोरोना भाइरसः नेपालमा एकै दिन थप १० जनामा सङ्क्रमण पुष्टि
काठमाडाैँ । नेपालमा आइतवार एकैदिन थप १० जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ। यो सँगै नेपालमा कुल सङक्रमितको सङ्ख्या ६९ पुगेको छ।
नेपालगञ्जमा नौ र वीरगञ्जमा एक गरी दशजना थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। वीरगञ्जमा ३६ वर्षीय पुरुषमा सङ्क्रमण देखिएको छ भने नेपालगञ्जमा पाँच पुरुष र चार महिला सङ्क्रमित भएका छन्।
उनीहरू सातदेखि ५८ वर्ष उमेरका रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनका क्रममा जनाउनुभयाे । नेपालगञ्जमा सङक्रमित नौ जनालाई उपचारका लागि अस्पताल ल्याउने क्रममा रहेको उहाँले बताउनुभयाे ।
मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा पीसीआर विधिबाट हालसम्म १३,४१४ जनाको परीक्षण गरिएको छ भने र्यापिड डायग्नोस्टिक टेस्ट किटबाट ४९,६८८ जनाको परीक्षण सम्पन्न भएको छ। गत चौबीस घण्टामा १,४७९जनाको परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा. देवकोटाले बताउनुभयाे ।
२१,९५१ क्वारन्टीनमा रहेको र ७७ जना एकान्तवास (आइसोलेशन)मा रहेको पनि डा. देवकोटाले जानकारी दिनुभयाे ।