हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
राष्ट्रपतिद्वारा संसद अधिवेशन आह्वान
काठमाडाैँ । संघीय संसदको बर्खे (बजेट) अधिवेशन २६ वैशाख दिउँसो ४ बजे बस्ने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार संसद अधिवेशन आह्वान गरेको पत्र संघीय संसदलाई पठाएकी हुन् ।
राष्ट्रपति कार्यालयबाट सचिवालयमा आएको पत्रमा नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम २६ वैशाख शुक्रबार दिउँसो ४ बजे संसद भवन नयाँ बानेश्वरमा बैठक बस्ने उल्लेख गरिएको छ ।
आइतबार बसेको मन्त्रिपरिषदले २६ वैशाखमा संसद अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।