रोल्पामा बम विस्फोट, चार बालबालिकाको मृत्यु

काठमाडौं । रोल्पामा बम विस्फोट हुँदा चार बालबालिकाको मृत्यु भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका–७ मा बम विस्फोट भएको हो । बिहीबार साँझ बाख्रा चराएर घर फर्किने क्रममा ४ जना बालबालिका बम विस्फोटमा परेका हुन् ।

बम विस्फोटबाट चारै जनाको घटनास्थलमै मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय होलेरीबाट अहिले प्रहरी निरीक्षकको टोली घटनास्थलतर्फ लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *