बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

महाकालीले बगाउँदै गरेकी महिलाकाे जीवितै उद्धार
दार्चुला । आइतबार बिहान महाकाली नदीको दुम्पानी क्षेत्रमा बग्दै गरेकी महिलाको प्रहरीले जीवितै उद्धार गरेको छ । दुम्पानीबाट बग्दै गरेकी व्याँस गाउँपालिका–१ का ३० वर्षीया सपना ऐतवाललाई पछ्याउदा प्रहरीले गल्फै क्षेत्रबाट उद्धार गर्न सफल भएको हो ।
महिला महाकाली नदीमा बग्दै गरेको जानकारी प्राप्त हुनेबित्तिकै ट्युब बोकेर प्रहरी टोली महाकाली नदीमा पसेको थियो । ट्युबमा हालेर उद्धार गर्न नसकेपछि २ जना प्रहरी जवानले महाकालीमै हाम फालेर जीवितै उद्धार गर्न सम्भब भएको प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले बताउनुभयो ।
हाल महाकाली नगरपालिका–४ खलंगामा बस्दै आउनुभएकी ऐतवालको स्वास्थ्य अवस्था गम्भीर भएकोले उपचारकालागि नेपालगञ्जस्थित कोहलपुर अस्पताल लगिएको छ । दार्चुला अस्पतालमा उपचार सम्भब नभएपछि बिहान ११ बजे नेपाली सेनाको हेलिकोप्टरमार्फत कोहलपुर लगिएको जिल्ला अस्पताल दार्चुलाका प्रमुख डाक्टर गजेन्द्र दुवालले बताउनुभयो ।