नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

नेपालमा कोभिड–१९ को सङ्क्रमितको सङ्ख्या ४८ पुग्याे
काठमाडाैँ । नेपालमा कोभिड–१९ को सङ्क्रमितको सङ्ख्या ४८ पुगेको छ ।
आज पुनः कोभिड–१९ को परीक्षणका क्रममा भोजपुरका २६ वर्षीय पुरुषमा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिनुभयो । उहाँले धरानस्थित बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणका क्रममा कोभिड–१९ को संक्रमण देखिएको बताउनुभयो । उहाँका अनुसार ति सङ्क्रमितलाई आइसोशनमा राखिएको छ ।
ति पुरुष गत फागुन ३० गते साउदी अरबबाट नेपाल आएका हुन् । यसअघि आजै दुई जनामा सङ्क्रमण देखिएको थियो । जनकपुरका १४ वर्षीय पुरुष र उदयपुरकी ५५ वर्षीया महिलामा सङ्क्रमण देखिएको थियो ।