बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

नेपाल प्रवेश गरे किरियापुत्री
बैतडी । लकडाउनका कारण भारतीय क्वारेनटाइनमा रहेका बैतडीका तीन जना किरियापुत्री बुबा बितेका चार दिनपछि आज बेलुका नेपाल प्रवेश गर्नुभएकोे छ ।
जिल्लाको पुर्चौडी नगरपालिका–३ का प्रेम धामी, अम्मर धामी र राम धामीले बुुबा बितेको चार दिनपछि नेपाल प्रवेश गर्न पाउनुुभएको हो । नेपाल प्रवेश गरेका किरियापुत्रीका बुबा उजले धामीको आइतबार मृत्यु भएको थियो ।
प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलका अनुसार भारतको पिथौरागढका डिएमसँग कुराकानी गरी तीनै जनालाई झुलाघाट नाकाबाट नेपाल फर्काइएको हो । नेपाल फर्काइएका तीनैजनालाई जिल्ला अस्पतालमा राखिएको छ । उनीहरुको ¥यापिड डाइग्नोस्टिक टेस्ट गरिने प्रजिअ पौडेलले बताउनुुभयो ।
भारतको पिथौरागढमा काम गर्दै आएका ती मजदूर लकाडाउनका कारण घर आउन पाएका थिएनन् । भारतीय क्वारेन्टाइनमै बसिरहेका बेला बुवाको मृत्युको खबर पाएपछि आफूहरुले भारतीय क्वारेन्टाइनमै किरिया शुरु गरेको अमरसिंह धामीले जानकारी दिनुभयो । यसअघि दार्चुलाको शैल्यशिखर नगरपालिका–१का वासुदेव भट्ट आमाको मृत्यु भएको पाँच दिनपछि नेपाल फर्किनुुभएको थियो ।