बिदुरमा घरमै पुगेर सामाजिक सुरक्षा भत्ता बितरण

जमुना गजुरेल
नुवाकोट । नुवाकोटको बिदुर नगरपालिकाले घरघर मै पुगेर सामाजिक सुरक्षा भत्ता बितरण गरेको छ । कोरोना भाइरसको महामारीका कारण सिर्जित अहिलेको विषम परिस्थितिमा चौमासिक सामाजिक सुरक्षा भत्ता नगरपालिकाका १३ ओटै वडामा घरघरै पुगेर बितरण गरिएको हो ।

यसअघि बैंकिङ्ग प्रणाली मार्फत बितरण गर्दै आएकोमा लकडाउनका कारण समस्या भएको भन्दै नगरपालिकाले विभिन्न वडामा घर घरमै पुगेर जेष्ठ नागरिक, अपाङ्गता भएका, असाहाय, एकल महिला तथा विपन्न वर्गलाई सामाजिक सुरक्षा वितरण गरेको हो । पाँच करोड ८० लाख ९९ हजार बराबरको रकम ६ हजार ९४ जनालाई बितरण गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका अनुसार भत्ता पाउनेहरुमा दलित जेष्ठ नागरिक ३ सय ७६ जना, पूर्ण अपाङ्ग भएका एक सय २८ जना, अतिअशक्त एक सय ७० जना, एकल महिला २ हजार ८१ जना र सामान्य जेष्ठ नागरिक २ हजार ८ सय ५ जना रहेका छन् । त्यस्तै ५ सय ३४ जना असाहय बालबालिकाहरुले पनि सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका छन् । सबैभन्दा बढी वडा नम्बर १३ मा ७ सय ६९ जना र सबैभन्दा कम वडा नम्बर ४ मा २ सय ४५ जनाले यो सेवाबाट लाभान्बित भएका छन् ।

वडाध्यक्षसहितका स्थानीय जप्रतिनिधि र अगुवाहरुको रहोबरमा सामाजिक सुरक्षाभत्ता बितरण गरिएको थियो । संकटकाे समयमा जनप्रतिनिधिले घर–घरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेपछि बृद्धबृद्धा हर्षित बनेका थिए । नगरपालिकाले चौमासिक रुपमा बैंकमार्फत सामाजिक सुरक्षा भात्ता बितरण गर्दै आएको छ । अहिले बितरण गरिएको दोस्रो चौमासिकको रकम हो ।

नगरपालिकाले विश्वब्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम तथा जोखिम न्यूनीकरणका लागि सरकारले गरेको लकडाउनको पूर्ण पालना गर्न समेत आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *