बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

जापानमा देशभर आपतकाल घोषणा
संगिता भट्ट
जापान । जापान सरकारले बिहीबार रातिबाट लागू हुने गरी देशभर आपतकाल घोषणा गरेको छ । कोरोना भाइरस संक्रमणकाे खतरा बढ्दै गएपछि प्रधानमन्त्री शिन्जो अवेले देशभर आपतकालको घोषणा गरेका हुन् ।
बिहिबार बसेको बैठकपछि आपतकाल लागू गर्ने घोषणा भएको हो । आपतकाल मे ६ तारिकसम्म रहने छ । यसअघि जापान सरकारले सात प्रिफेक्चरमा मात्रै आपतकाल लागू गरेको थियो ।
अन्य प्रिफेक्चरहरुमा समेत संक्रमणको दर बढिरहेको र एक प्रिफेक्चरबाट अर्को प्रिफेक्चरमा जाने नागरिकको संख्या कायम रहेकोले देशव्यापी आपतकाल घोषणा गरिएको बताईएको छ ।
आपतकाल लागूको घोषणा गर्दै प्रधानमन्त्री आबेले नागरिकहरुलाई अनावश्यक घरबाहिरको यात्रा रोक्न तथा गोल्डेन विकको बिदा लगायत अन्य अनावश्यक यात्रा बन्द गर्न र घरमै रहन नागरिकहरुलाई आग्रह गरेका छन् ।
प्रधानमन्त्री आबेले आपतकाल घोषणा गर्दै प्रत्येक व्यक्तिलाई नगद राहत दिने विषयमा अध्ययन अघि बढेको बताएका छन् । उनका अनुसार प्रतिव्यक्ति १० मान येनका दरले उपलब्ध गराइने नगद राहत देशका सबै नागरिकले पाउने छन् । यस बाहेक कोरोना संक्रमणका कारण आम्दानी उल्लेख्य रुपमा घटेर समस्यामा परेका परिवारका लागि थप राहत उपलब्ध गराउन सकिने पनि बताएका छन् ।