बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

गर्भवतीको हेलिकप्टर उद्धार
डाेल्पा । त्रिपुरासुन्दरी नगरपालिका वडा नं ७ की २१ वर्षीया गर्भवती विपना रोकायालाई हवाई उद्धार गरिएको छ । सुत्केरी हुन जिल्ला अस्पताल आएकी उनको स्वास्थ्यमा जटिलता आएपछि चिकित्सकले प्रदेश अस्पताल सुर्खेत ‘रिफर’ गरेका थिए । चिकित्सकका अनुसार उनको पेटमा नवजात शिशु उल्टो अवस्थामा रहेको बताइएको छ ।
नेपाली सेनाको हेलिकप्टरद्वारा आज जिल्ला सदरमुकामबाट दुनैबाट उनलाई उद्धार गरिएको जिल्ला अस्पतालले जनाएको छ । विपनालाई सुत्केरी गराउन यही वैशाख २ गते जिल्ला अस्पताल ल्याइएको उहाँका श्रीमान् लक्ष्मीले जानकारी दिनुभयो ।