रातिराति लकडाउन उल्लङ्घन गर्नेलाई तर्साउन भूत आएपछि भागाभाग… (भिडियोसहित)

एजेन्सी । विश्वभर फैलिएको कोरोना भाइरसको महामारी रोक्न अधिकांश मुलुकमा लकडाउन गरिएको छ । संक्रमणको अवस्थालाई हेरेर विभिन्न देशहरुले लकडाउनको व्यवस्थापन गरिरहेका छन् ।

मानव भाइरसको रुपमा विकसित भएको कोरोना भाइरस रोकथामका लागि सामाजिक दुरी कायम राख्नु सबैभन्दा बढी प्रभाबकारी देखिएको छ । विश्व स्वास्थ्य संगठनले पनि सामाजिक दुरी कायम राख्न, लकडाउनको पूर्ण पालना गर्न बारम्बार भन्दै आएको छ ।

तर, केही यस्ता मानिसहरु पनि छन् जसले लकडाउनको पालना गरिरहेका छैनन् । बिभिन्न बहानामा बाहिर निस्कने र हिँड्ने गरेको पाइएको छ । नेपाल भारतमा त प्रहरीले मुर्गा बनाउनेदेखि कक्षा लिने, उठबस गराउने, थुन्ने र बेतको लौरोले सुम्ला बस्ने गरी कुटेको दृश्यहरु पनि सामाजिक सञ्जालमा छाएको सर्बविधितै छ । कतिपय त्यस्ता दृश्यहरु भाइरल नै पनि भएका छन् । मानौँ कि लकडाउनको बेला हिड्दा ठूलै मान्छे भइन्छ की जसरी केही मिडियाकर्मी समेत देखिए सर्वसाधरणको त कुरै छोडौँ ।

यस्ता अटेरी मानिसहरु नियम नमान्ने, काल आए दैलाे ठेस लागेर पनि मरिन्छ भन्नेहरू नेपाल, भारत बाहेक अन्य मुलुकहरुमा पनि देखिए । जुन अन्तर्राष्ट्रिय मिडिया कभरेजको विषय समेत बनेका छन् । विभिन्न नियम बनाएर लागू गर्दा पनि रातिराति बिभिन्न बहानामा घर बाहिर निस्किनेलाई ठीक ठाउँमा ल्याउन वा घर भित्र पठाउन इन्डोनेसियामा गज्जबको तरिका अभ्यास भइरहेको छ । जुन प्रभाबकारी पनि देखिएको छ । रातिराति समूहमा निस्केर लकडाउन उल्लङ्घन गर्नेलाई तर्साउन त्यहाँ भुत प्रयोग भएको छ ।

लकडाउन उल्लङ्घन गर्ने बढेपछि रातिको समयमा बाहिर निस्कनेलाई घर धपाउन स्वयम सेवक परिचालन गरी भूत बनेर तर्साउने गरिएको छ । जसलाई नियम र भाइरससँग डर लागेको छैन तिनीहरुलाई भूतले तर्साइ रहेको छ । यसरी भूतको भेसमा देखिनेहरु स्वयम सेवक हुन् । रातिमा बाहिर निस्केकाहरू यसरी भुत देखेपछि घर जाने गरेकाे बीबीसी रिपाेर्टमा जनाइएकाे छ । हेर्नुस् भिडियाे –

इन्डोनेशियामा झन्डै ४,५०० जनामा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको छ। तीमध्ये ४०० जनाको मृत्यु भएको जोन्स हप्किन्स यूनिभर्सिटीको तथ्याङ्कले देखाउँछ। तर विज्ञहरूले देशभरि सङ्क्रमण नराम्ररी फैलिएको हुन सक्ने आशङ्का व्यक्त गरेका छन्।

इन्डोनेशियामा तत्काल कडा प्रतिबन्धात्मक उपाय अवलम्बन नगरिए देशको स्वाथ्यसेवा प्रणालीले कोरोनाभाइरस महामारीको प्रकोप थेग्न नसक्ने त्रास उत्पन्न भएको छ। तर अहिलेसम्म राष्ट्रपतिले राष्ट्रव्यापी लकडाउन घोषणा गरेका छैनन्।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *