काठमाडौँ । ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । आज गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै…
पूर्वमन्त्री विष्टबाट स्थानीय तह र तम्घास अस्पताललाई पिपीइ
तमघास । गुल्मीका सबै स्थानीय तह र तम्घास अस्पताललाई व्यक्तिगत सुरक्षा सामग्री (पिपीइ) प्रदान गरिएको छ । जिल्लाका दुई नगरपालिका र १० गाउँपालिका गरी १२ स्थानीय तहलाई २०–२० थान र तम्घास अस्पताललाई ६० थान गरी कूल ३०० पिपीइ प्रदान गरिएको हो ।
गुल्मी क्षेत्र नं २ का सांसद तथा पूर्व श्रममन्त्री गोकर्ण विष्टको व्यक्तिगत पहलमा आएका पिपीइ प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले सम्बन्धित स्थानीय तहका प्रमुख र अस्पतालका प्रमुखलाई हस्तान्तरण गर्नुभयो । जिल्लाका स्वास्थ्यकर्मीलाई पिपीइ नहुँदा केही दिन पहिले ‘पिपीइको अभावमा स्वास्थ्यकर्मीमा मनोवैज्ञानिक असर’ शीर्षकमा राससमा समाचार प्रकाशन भएको थियो ।
मनोबल बढेको छ : स्वास्थ्यकर्मी
पिपीइ पाएपछि आफूहरूको मनोबल बढेको स्वास्थ्यकर्मीले बताएका छन् । “पहिले बिनाहतियार कोरोनाविरूद्धको युद्धमा होमिएका थियौँ, अब हतियार प्राप्त भएको छ”, रेसुङ्गा नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले भन्नुभयो, “सबै स्वास्थ्यकर्मीलाई उपचारको काममा खटाउन सहज भएको छ ।” सो नगरपालिकामातहतमा अहिले ३३ स्वास्थ्यकर्मी छन् ।
मालिका गाउँपालिकाका स्वास्थ्य संयोजक वसन्तराज भुसालले पनि पिपीइ अब एम्बुलेन्स चालकलाई पनि प्रदान गरिने बताउनुभयो । गाउँपालिकासँग पहिले नै केही थान रहेको र अहिले २० थान प्राप्त भएपछि सबै स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकलाई समेत पुग्ने बताउनुभयो । तर पर्याप्त मास्क र स्यानिटाइजरको भने अझै अभाव रहेको उहाँले बताउनुभयो ।
थर्मलगन र मास्क पठाउने तयारी
सासंद विष्टले जिल्लामा अभाव रहेको थर्मलगन र मास्क पनि पठाउने तयारी गर्नुभएको छ । थर्मलगन ५० र मास्क २५ हजार थान पठाउन लागिएको विष्टको सचिवालयले जनाएको छ । सांसद् विष्टले विपन्न र दैनिक ज्यालादारीका मजदुरलाई पनि स्थानीय तहमार्फत राहत सामग्री उपलब्ध गराउँदै आउनुभएको छ ।