कोरोना भाइरसबाट बच्न डा.बाबुराम भट्टराईको गज्जवकाे टिप्स (भिडियोसहित)

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले कोरोनाबाट बच्न विभिन्न टिप्स दिँदै भिडियो सन्देश जारी गर्नुभएकाे छ । उहाँले तनाव र चिन्ता कम गर्न तथा सकारात्मक सोच विकास गर्न सुझाव दिनुभउएकाे छ ।

६ मिनेट लामो सम्पादित भिडियोमा डा. भट्टराईले भन्नुभएकाे छ,‘यो बेला हामी सबैले बडो विचित्रको अनुभव गरिरहेका छौं । सबै आआफ्नो घरभित्र थुनिएका छौं । यस्तो बेलामा मनमा विभिन्न आशंका र तनाव उत्पन्न हुन सक्छ । यस्तो तनावलाई जति पन्छाउन सक्यो त्यति नै हाम्रो रोग प्रतिरोधात्मक क्षमता बढ्छ ।’

महाव्याधी पनि जीवन र जगत यथावत रहने भन्दै उहाँले सकारात्मक सोच राख्न सबैसँग आग्रह गर्नुभएकाे छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *