नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

बागलुङकी कारोना संक्रमित युवतीलाई मुख्यमन्त्रीको टेलिफोन (भिडियाेसहित)
काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बागलुङकी कारोना संक्रमित युवतीलाई टेलिफोन गरी स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।
मुख्यमन्त्री गुरुङले आज बिहान कोरोना संक्रमण देखिएपछि धौलागिरी अस्पतालमा उपचार गराइरहेकी १९ वर्षीय अंशु सापकोटालाई फोन गरेर उनको स्वास्थ्य अवस्था बारे बुझ्नु भएको हो ।
मुख्यमन्त्रीका प्रेस सल्लाहकार बिक्रम न्यौपानेले सामाजिक सञ्जाल फेसबुक मार्फत मुख्यमन्त्री र अंशुबीच सम्बाद भएको जानकारी गराउनु भएको छ ।
कुराकानीकाक्रममा मुख्यमन्त्री गुरुङले कोरोना संक्रमित अंशुलाई आत्मबल बढाउन र नआत्तिन आग्रह गर्नुभएको छ । जवाफमा अंशुले आफूले नियमित रुपमा तातोपानी सेवन गरिरहेको र चिकित्सकले फोनमार्फत आफूसँग सम्वाद गरिरहेको मुख्यमन्त्री गुरुङलाई जानकारी गराएकी छिन् ।
बेल्जियमबाट कतार हुँदै काठमाडौं आएर बाग्लुङ पुगेकी अंशुमा कोरोना संक्रमण देखिएको थियो । ०००