आजको राशिफल हेर्नुस्, र बागलुङ कालीका मन्दिर दर्शन गर्नुस्

वि. सं. २०७६ चैत्र २६ गते बुधबार, आजको राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
आज आफन्तको प्रगतिमा मन रमाउनेछ । विशिष्ट व्यक्तिबाट हौसला प्राप्त हुनेछ । आर्थिक क्षेत्रमा भने लाभ लिन नसकिएला ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
आज आय, व्यय, सुख, दुख, लाभ, हानी वरावरी मध्यम खालको समय छ । मेहनतीहरूका लागि दिन राम्रै रहला । शुभकार्यको चर्चा चल्नेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
नजिकका व्यक्तिबाट कार्यमा बाधा आउनेछ । झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ । सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
आज रचनात्मक कार्यबाट अरूको मन जित्न सकिनेछ । नयाँ कार्य वा रोजगारको योजना बन्नेछ । सेवा मूलक कार्यमा रुची बढ्नेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
आज अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । पारिवार संग रमाइलो समय बित्नेछ । प्रेममा जीवनमा मधुरता छाउनेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
दान–पुण्यजस्ता कार्यमा सहभागी भइनेछ । आफ्नै दक्षतामा विभिन्न घरायसी कार्यहरू सम्पन्न हुनेछन् । शुभकार्यको चर्चा रहला ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
सोचेजस्तो लाभ हासिल गर्न केही समय अझै कुर्नुपर्नेछ । घरायसी व्यवहारबाट टाढै बस्नु होला । स्वास्थ्य प्रति सचेत रहनुहोला ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
आज आफ्नो वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । आर्थिक लाभको भरपुर कोसिस रहनेछ । प्रेम सम्बन्धमा पनि राम्रो हुनेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
मनपरेको खनेकुरा खान पाईनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्दै जानेछ । महिला वर्ग बाट विशेष सहयमेग मिल्नेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
श्रआज मको उचित कदर हुनेछ । धर्म तथा समाजसेवामा मन लाग्नेछ । व्यापार व्यवसायमा भने त्यति सफलता नमिल्ला ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
स्वास्थ्य प्रति सजक रहनु होला । मनमा दुविधा उत्पन्न हुनेछ । मानशीक चिन्ता बढ्ला । विचार गरेर निर्णय लिनु नै बुद्धिमानी हुनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
आज कारेसाबारी र प्रकृतिसंग मन लाग्नेछ । राजनीतिक कार्यमा सफलता मिल्ने योग छ । बन्धु बान्धवबाट सहयोगपनि मिल्नेछ ।

– ज्यो.प. नारायणप्रसाद दुलाल

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *