निर्मलाको झम्के मायालाई आँखा लगाउने बढे (भिडियाे)

गणेश सिंजाली मगर
काठमाडौँ । हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै गर्दा अहिले रेकर्डिङ र गीतको म्यूजिक भिडियो छायाङ्कनको कामले यतिबेला नेपाली लोक कलाकारहरुलाई व्यस्तताले छोएको छ । तीजसँगै दशैं तिहारका गीतले देश विदेशका स्टेज तताउन यतिबेला कलाकारहरुलाई भ्याई नभ्याई छ । यही भिडमा अति व्यस्त गायिकाको नाम हो निर्मला थापा मगर

भर्साटाइल गायिकाको रुपमा छवि बनाएकी थापाले आधुनिक, लोकपप र लोकगीत सबै विधाका गीत गाउने गरेकीछिन् । गुल्मीको दिगाममा जन्मेकी शालिन र लजालु स्वभावकी थापाले सानैदेखि नै विद्यालयले राखेको साप्ताहिक कार्यक्रम तथा विद्यालय स्तरीय र स्थानीय क्लवका कार्यक्रममा सहभागिता जनाउँदै आफ्नो सुमधुर स्वरलाई निखारेर अहिले देश र विदेशमा समेत स्वर गुञ्जायमान बनाउन सफल भएकी छिन् । फेयर नेपालसँगको कुराकानीमा गायिका थापाले अथक मेहनतले आफूलाई अहिले सांगीतिक क्षेत्रको उचाइमा पुग्न सफल भएको थापाल बताइन् ।

गाायन क्षेत्रमा आफ्नो करियर अगाडि बढाउने लक्ष्य लिएर एक दशकदेखि काठमाडौँ आएकी थापाले खडेरीमा सुकेको फूल भन्ने बोलको गीतबाट ब्यवसायिक सांगितिक यात्रा शुरु गरेकी हुन् ।  थापाले आफ्ना गीतमा वास्तविक नेपाली समाजका दुःख–पीडा, हाँसो–खुसी, मिलन–विछोड मौलिक भाषा, संस्कृति, रहनसहनलाई समेट्ने प्रयास गर्दै आएकी छिन् । उनले गीतका माध्यमबाट समाजमा सकारात्मक सुधार र विकासका सन्देश दिन खोजिकी छिन् ।

तम्घास बजार, मेरो सोल्टीराजा, पधेरीमा, गोर्खाली सोल्टी, हाँसेर बोल, चरीको बास, भमरा लागाएतका गीतहरु चर्चित छन् । यी अधिकांश गीतमा माया प्रेम, विवसता र गाउँघर शहर बजारका यर्थाथ घटना र परिस्थितीलाई समेटिएका छन् ।

पछिल्लो समय तीजगीत झम्के मायाले बजारमा ल्याएकी थापाले यस गीतले पनि धेरै नै स्रोता दर्शकले आफ्नो मायालाई जस्तै आँखा लाएर हेरिदिएको र राम्रै प्रतिक्रिया पनि पाइरहेको बताइन् । स्वदेश तथा विदेशका विभिन्न ठाउँहरुको स्टेजहरुमा आफ्नो सुमधुर स्वरको स्वाद दिइसकेकी थापाले अब छिट्टै फेरी अर्को गीतको तयारीमा लागिपरेको बताइन् । थापासँगको कुराकानीमा अबको योजना के छ ? भन्ने प्रश्नमा थापा भन्छिन् “गीत संगीत क्षेत्रमा गर्नको लागि धेरै बाँकी छ । अझै पनि दर्शक स्रोताको माया र साथको उच्च सम्मान गर्दै नेपाली परिवेमा भएका विकृती विसंगती विरुद्ध सन्देश र जनचेतनामुलक गीत संगीतले सकारात्मक सन्देश मुलक गीत ल्याउने सोचमा छु ।”

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *