प्रेमराज लामिछानेकाे गार्इजात्रा ‘पानी जहाज’ ( भिडियाे )

काठमाडाैँ । श्रावण शुक्ल पूणिर्मादेखि मनाइने गाईजात्रा पर्व नजिकिदै गर्दा गार्इजात्रे ब्यङ्ग्यात्मक एल्वमहरू बजारमा अाउन थालेका छन् ।  गार्इजात्रामा मूलुककाे बेतिथीमाथि राेचक र घाेचक ब्यङ्ग्य गरिने चलन बढ्दै गएकाे छ ।

प्रेमराज लामिछानेले याे वर्षकाे गाइजात्रे एल्बम पानी जहाज बजारमा ल्याएका छन् । मूलुककाे राजनीतिक, सामाजिक अार्थिक ब्यतिथिमाथि चाेटिलाे ब्यङ्ग गरिएकाे छ । पानी जहाजकाे शब्द सिर्जना लामिछाने अाफैले गरेका छन् । संगीत मधुर अाचार्यले गरेका छन्  भने स्वर श्याम क्षेत्रीकाे रहेकाे छ । छायाङ्कन राेशन भाटले गरेका हुन्,  निर्देशन प्रकाश धामीले गरेका छन् भने सम्पादन दीपेन्द्र श्रेष्ठले गरेका हुन् ।

गाइजात्रा के हाे 

याे पर्व आठ दिनसम्म मनाइन्छ । गाईजात्रा पर्व काठमाडौँ उपत्यकाका तीन वटै सहरसहित मुलुकका मुख्य मुख्य सहरमा मनाउने गरिन्छ । एक वर्षअघिदेखि मृत्यु भएका आफन्तको सम्झनामा गाई सिँगारी सहर घुमाएर यो पर्व मनाउने गरिन्छ । गाईलाई घुमाउने क्रममा श्रद्धालु भक्तजनले दूध, फलफूल, रोटी, दहीचिउराका साथै अन्य परिकार पनि खुवाउँछन् ।

 किंवदन्ती वा इतिहासअनुसार राजा प्रताप मल्लका पुत्रको अल्पायुमै निधन भएपछि रानीले धेरै बिलौना गर्न थालिन् । लामो समयसम्म शोक गरेर बसेपछि ‘यस्तो शोक तिमीलाई मात्र परेको होइन’ भन्ने देखाउन राजाले वर्ष दिनभित्र दिवङ्गत सबैको गाईजात्रा निकाल्न लगाए । सबैका घरबाट गाईभेषधारी आएकाले सबै मानिसको मृत्यु हुने देखेपछि मात्र रानीको शोक केही घट्दै गयो भन्ने जनविश्वास छ ।

काठमाडौँ उपत्यकासहित बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, त्रिशूली बजार, तानसेन, दोलखा, खोटाङ, रामेछाप, भोजपुरलगायत स्थानमा पनि गाईजात्रा मनाउने गरिन्छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *