नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

कोरोना रोकथामका लागि ५० हजार स्वास्थ्य स्वयंसेविका खटाइने
काठमाडौं । सरकारले कोरोना(कोभिड–१९) रोकथाम र नियन्त्रणको लागि स्वास्थ्य स्वयंसेविकालाई खटाउने भएको छ । आइतबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले देशभरीका ५० हजार स्वास्थ स्वयंसेविका परिचालन गर्ने निर्णय गरेको हो ।
उनिहरु सबैको बिमा हुने र अतिरिक्त भत्ता पनि पाउनेछन । यस्तै सरकारले अत्यावश्यक औषधि र मेडिकल उपकरण सरकारी अर्थात जि टु जी माध्यमबाट किन्ने र निजि क्षेत्रबाट पनि किन्ने निर्णय गरेको छ ।
समन्वय समितिको बैठकले १४ दिन क्वारेन्टाइनमा बसेकाहरुको पनि स्वाब परिक्षण गर्ने र कोरोनाको कुनै संकेत नदेखिएमा मात्र घर पठाउने निर्णय गरेको छ ।