लाेकसेवा तयारी : खरिदार, नासु लगायतका परीक्षाका लागि अति उपयाेगी

काठमाडौँ । लोकसेवा परीक्षा पास गरेर सरकारी जागिर खाने तपाईँको लक्ष्य र सपना पूरा गर्न थोरैभए पनि सहयोग पुगोस र अनलाइनका माध्यमबाट उपयोगी ज्ञान, सूचना पनि बाँड्न सकिँन्छ भन्ने मान्यता स्थापित गर्ने हेतुले हामीले निरन्तर रुपमा लोकसेवा तयारी र अध्ययनसम्बन्धि कामलाग्दा जानकारीहरु प्रस्तुत गर्दै आएका छौँ ।

अहिले विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना* भाइरसका कारण मूलुक लकडाउन* छ । यस अवस्थामा घरमा बसेको फूर्सदको समयलाई सदुपयोग गर्दै आउनुस लोकसेवा तयारी गरौँ । अरु समयमा घरको काम अफिसको काम र अन्य ब्यस्तताले चाहेर पनि पढ्न नपाएको हुनसक्छ यो मौकामा अलिकति भए पनि पढौँ । यहाँ लोकसेवामा बारम्बार सोधिने गरिएको प्रथासम्बन्ध बस्तुगत प्रश्नोत्तर प्रस्तुत गरिएको छ ।

हाम्रो प्रयास् कस्तो लागेको छ अध्ययनगरिसकेपछि प्रतिक्रिया पनि दिन नभुल्नुहोला । तपाई हामीलाई सामाजिक सञ्जाल फेसबुकयुट्युव र ट्वीटरमा पनि फलो गर्न सक्नुहुन्छ ।

वस्तुगत प्रश्नोत्तर
– देउकी प्रथाको मुख्य केन्द्रविन्दु रहेको ठाउँ कुन हो ? मेलौली, बैतडी
– ग्रामीण क्षेत्रका काम गरेवापत् दलित समुदायले ज्यालाका रूपमा नगद नभई बाली लिने चलनलाई के भनिन्छ ? बालीघरे
– बिना पारिश्रमिक आम जनताबाट लिने सेवा वा श्रमलाई के भनिन्छ ? झारा प्रथा
– कमैयाले साहुलाई तिर्ने ऋणलाई के भनिन्छ ? सौकी
– रजश्वला भएको बेलामा महिलाहरूले घरबाट टाढा गाठेमा गर्इ जीवन व्यतित गर्नुपर्ने पथ्रालाई के भनिन्छ ? छाउपडी प्रथा
– शेर्पा समुदायकी माहिली छोरीलाई बौद्ध गुम्बाहरूमा गुम्बाको हेरचाह वा रेखदेख गर्नको लागि चढाउने प्रथालाई कस्तो प्रथा भनिन्छ ? झुमा प्रथा
– गरीबहरूलाई बन्धक राख्ने प्रथालाई के भनिन्छ ? बाधा प्रथा
– छाउपडी प्रथाको मुख्य केन्द्रविन्दु कुन जिल्लालाई मानिन्छ ? अछाम
– डंगुवा प्रथा कुन जातिमा प्रचलित प्रथा हो ? राजवंशी
– लोग्ने बितेकी विधवा महिलाले नाता नपर्ने पर–पुरुषलाई लोग्ने जस्तै बनाएर रातीको समयमा घुम्टो ओडाएर आफुसँगै राख्ने चलनलाई के भनिन्छ ? डंगुवा प्रथा

– सैरली प्रथा देहायको मध्ये कुन जिल्लामा बढी प्रचलित छ ? सुर्खेत
– सैरली प्रथा कस्तो प्रथा हो ? युवकको निमन्त्रणामा युवती घुम्न जाने
– दुलाहा नै दुलहीको घरमा बस्नुपर्ने तथा दुलहीको थर, गोत्रमा दुलाहाको थर परिवर्तन हुने प्रथालाई के भनिन्छ ? डोलाजी प्रथा

– झुमा हुनको लागि परिवारमा कुन छोरी हुनुपर्छ ? माइली
– झगडा मिलाउने मध्यस्थकर्तालाई भेडा काटेर ख्वाउने तथा घर फर्कदा घोडामा चढाएर फर्काउनु पर्ने घोडाभेडा प्रथा कुन जिल्लामा बढी प्रचलित छ ? मुगु
– सामाजिक सुधारक राजा भनेर चिनिने राजा रामशाहले कतिवटा थिति बसालेका थिए ? २६ वटा
– भाउजु तथा सानीमा ब्यर्होने प्रथाको अन्त्य कसले गरेका हुन् ? भीमसेन थापा
– आफ्नो जमिन वा धनसम्पत्ति साहु कहाँ वन्धक राखी ऋण लिने र सो ऋण कट्टी नहुञ्जेल साहुकहाँ बसी काम गर्नुपर्ने प्रथालाई के भनिन्छ ? कमैया र बाधा प्रथा

– नयाँ अन्न सेवन गर्ने परम्परागत प्रथालाई के भनिन्छ ? न्वागी
– देउकी प्रथा कस्तो प्रथा हो ? अवोध कन्या देवी देवताको सेवा गर्न चढाउने प्रथा
– हिन्दु समाजमा जातीय व्यवस्था अंगाल्ने प्रथा कसले शुरु गरेको मानिन्छ ? मनु
– नवविवाहित नारीले आगोमा पोलिएर आफ्नो यौन शुद्धता र कौमार्यको परीक्षण गर्नुपर्ने प्रचलनलाई के भनिन्छ ? मधुश्रावणी पर्व

– विशेषतः मैथली समुदायमा दिदी बहिनीहरूले आफ्ना दाजु भाइको सुख समृद्धी र दिर्घायुको कामना गर्दै मनाइने पर्वलाई के भनिन्छ ? सामा चकेवा पर्व
– धागो बाँधेर आएको चिठ्ठीले केको संकेत गर्दछ ? मृत्यु
– ज्वाईलाई ससुरातर्फको थर र गोत्र दिई ससुरालीमा नै घरजम गर्न दिने प्रथालाई खस राज्य कालमा के भनिन्थ्यो ? घर हाल्ने प्रथा

– मुर्दा जलाउन लैजाँदा बाटोमा फालिने पैसालाई के भनिन्छ ? टिला
– धर्मपुत्र पुत्री र निजलाई राख्ने बाबुआमाको उमेरबीच कति वर्षको फरक हुनुपर्दछ ? ३० वर्ष
– “मोहरम” पर्व नेपालको कुन समुदायमा मनाइन्छ ? इस्लाम
– देउकी प्रथा कस्तो प्रथा हो ? अवोध कन्या देवी देवताको सेवा गर्न चढाउने प्रथा
– भाद्र शुक्ल तृतीयामा हरितालिका तिज, भाद्र कृष्ण प्रतिपदामा गाईजात्रा, भाद्र कृष्ण अष्टमीमा श्रीकृष्ण जन्माष्टमी मनाइन्छ भने श्रावण शुक्ल पूर्णिमामा कुन चाड मनाइन्छ ? जनैपूर्णिमा

– गाईजात्रा कुन तिथिमा पर्दछ ? भाद्र कृष्ण प्रतिपदा
– “गाईजात्रा”लाई नेपाल भाषामा के भनिन्छ ? सापारू
– इन्द्र जात्रा कहिले मनाइन्छ ? श्रावण शुक्ल चर्तुदशी
– हाँस्यब्यङ्गय उत्सव भनेर कुन पर्वलाई चिनिन्छ ? गाईजात्रा
– इन्द्रजात्राको समयमा गरिने कुमारी जात्राको प्रचलन कुन राजाले चलाएका हुन् ? जयप्रकाश मल्ल
– नेपालको इन्द्रायणी जात्रा कहाँ मनाइन्छ ? कीर्तिपुर (२०६९, लो.से.आ.)
– १५/१५ दिनमा पुजारी परिवर्तन भइरहने नेपालको एकमात्र मन्दिर कुन हो ? रातो मछिन्द्रनाथको मन्दिर
– इन्द्रजात्राको समयमा गरिने कुमारी जात्राको प्रचलन कुन राजाले चलाएका हुन् ? जय प्रकाश मल्ल
– ‘सावनकी डोला’ नामक पर्व कुन समुदायका महिलाले साउनको एक महिनासम्म मनाउने पर्व हो ? रानाथारू
– ‘इन्द्रजात्रा’ को समयमा कसको रथयात्रा गराइन्छ ?
क) गणेश ख) भैरव ग) कुमारी घ) माथिका सबै

– दशैं नमनाउने डंगोल र महर्जन थरका नेवारहरूले विजया दशमी शुरू हुने चतुर्थीदेखि फुलपातीसम्म ललितपुरको कुन स्थानमा “सिकाली जात्रा” मनाउने गर्दछन् ? खोकना
– दू दू च्याँ च्याँ विजेश्वरी जात्रा नेपालको कुन धार्मिक क्षेत्रमा लाग्ने मेला हो ? पशुपति क्षेत्र
– “रिम्पुदिनी” नाच कुन जातिको प्रशिद्ध नाच हो ? शेर्पा
– “लाखेनाच” मूलतः कसले नाच्ने गर्दछ ? नेवार

– हातमा थाल र थालमा चामल समेत राखेर मगर र छन्त्याल जातिले नाच्ने गरेको “थाली नाच” मूलतःकुन जिल्लाबाट शुरू भएको मानिन्छ ? म्याग्दी
– छोक्रा नाच कुन समुदायको नाच हो ? थारू
– नेपालको पूर्वी क्षेत्रमा प्रचलित हुर्रा नाच कुन समुदायले नाच्ने गर्छन ? लिम्वु
– वडादशैं आसपास “साखिया नाच” कसले नाच्ने गर्दछ ? पश्चिम तराईका थारू
– “शिली” कुन नाच नाच्ने कलासँग सम्बन्धित छ ? चण्डी नाच

– महिला हिंसासँग सम्बन्धित कमलरी प्रथा कुन जातिमा प्रचलित कुप्रथा हो ? थारु जाति (२०६८, लो.से.आ.)

Leave a Reply

Your email address will not be published. Required fields are marked *