हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
काेभिड-१९ : मृतककाे संख्या ५३ हजार नाघ्यो, १० लाख बढी संक्रमित [ अपडेट ]
काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कारोना भाइरस(कोभिड–१९) का कारण मृत्यु हुनेको संख्या ५३ हजार नाघेको छ । जोन हप्किन्स विश्वविद्यालयका अनुसार शुक्रबार बिहान ९ बजेसम्म कोरोना भाइरस संक्रमणका कारण ५३ हजार ३० जनाको मृत्यु भएको छ ।
संक्रमितको संख्या विश्वभर १० लाख, १५ हजार ४ सय ३ पुगेको छ । चीनको वुहानबाट निस्किएको कोरोना भाइरसबाट सबैभन्दा प्रभावित हुने मुलुक अमेरिकामा संक्रमितको संख्या दुई लाख ४५ हजार ७० पुगेको छ ।
यसैगरी इटालीमा १ लाख १५ हजार २ सय ४२ र स्पेनमा १ लाख १२ हजार ६५ जना संक्रमित छन् । जर्मनीमा संक्रमितको संख्या ८४ हजार ७ सय ९४ छ ।
मृतकको संख्या भने इटलीमा धेरै छ । इटलीमा कोरोना भाइरसको संक्रमणबाट १३ हजार ९ सय १५ जनाको मृत्यु भएको छ । स्पेनमा १० हजार ३ सय ४८ र फ्रान्समा ५ हजार ३ सय ८७ जनाको मृत्यु भएको छ ।