समाजसेवी श्रेष्ठको सहयोगमा लिखुमा स्वास्थ्य सामाग्री बितरण

नुवाकोट । स्थानीय समाजसेवी शैलेस श्रेष्ठको सहयोगमा लिखु गाउँपालिकाको सबै वडामा रहेका स्वास्थ्य चौकी तथा प्रहरी कार्यालयमा स्वास्थ्य सामाग्री बितरण गरिएको छ । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि सहयोगार्थ श्रेष्ठकाे ब्यक्तिगत सहयोगमा बिभिन्न स्वास्थ्य सामाग्रीहरु थर्मोमिटर, पञ्जा, सेनिटाइजर, मास्कलगायतका सामाग्री बितरण गरिएको हो ।

बिहीबार सबै स्वास्थ्य तथा प्रहरी चौकीमा पुगेर सामाग्री हस्तान्तरण गरिएको समाजसेवी तथा युवा व्यवसायी श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार १ हजार थर्ममिटर, एक हजार पिस पन्जा, ५ सय पिस सेनिटाईजर, २५ बाकस मास्क, र एक हजार पिस साबुन लगायतका सामानहरु स्वास्थ्य चौकीहरुलाई हस्तान्तरण गरिएको हो ।

‘कोरोनाले विश्वलाई नै तहसनहस गरेको छ । यो दुखद् घडीमा हामीले थोरै केही भए पनि सहयोग गर्नु मानवताको दायित्व हो भन्ने बुझेर स्वास्थ्य सामाग्री बितरण गरेका हौ ।’ उहाँले भन्नुभयो ।

श्रेष्ठका अनुसार लिखु गाउँपालिका ४ स्थित गडखार र बगैचामा रहेको ४ सय ५० घर धुरीलाईसमेत साबुन, सेनिटाईजर, मास्क र पन्जा बितरण गरिएको छ ।

विदुर–५ स्थित देबीघाटमा रहेको जेष्ठ नागरिक आश्रममा रहेका ३० जना बृद्व, बृद्वाहरुलाईसमेत स्वास्थ्य सामाग्री बितरण गरेको उहाँले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *