काेराेना भाइरस : मृतकको संख्या ४७ हजार नाघ्यो, नौ लाख ३५ हजार बढी संक्रमित [ अपडेट ]

एजेन्सी । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या ४७ हजार २ सय ३१ पुगेको छ । यस्तै संक्रमितको संख्या नौ लाख नाघेको छ । जोन्स हप्किन्स यूनिभर्सिटीले तयार पारेको तथ्यांकअनुसार संक्रमितको संख्या नौ लाख ३७ हजार ९१ पुगेको छ ।

चीनको वुहानबाट निस्किएको कोरोना भाइरसबाट सबैभन्दा प्रभावित हुने मुलुक अमेरिकामा संक्रमित हुने मानिसको संख्या दुई लाख १६ हजार ५ सय १५ पुगेको छ । अमेरिकामा भाइरसबाट ज्यान गुमाउनेको संख्या पाँच हजार ११६ भन्दा बढी पुगेको छ ।

त्यस्तै, दोस्रो सबैभन्दा प्रभावित मुलुक इटालीमा संक्रमित संख्या एक लाख १० हजार ५ सय ७४ पुगेको छ भने मृत्यु हुनेको संख्या १३ हजार एक सय ५५ पुगेको छ ।

तेस्रो सबैभन्दा प्रभावित मुलुक स्पेनमा संक्रमितको संख्या एक लाख ४ हजार एक सय १८ पुगेको छ भने मृत्यु हुनेको संख्या नौ हजार तीन सय ८७ पुगेको छ ।

त्यस्तै, चीनमा पनि संक्रमितको संख्या ८२ हजार ३ सय ९२ पुगेको छ भने मृत्यु हुनेको संख्या पनि तीन हजार एक सय ९३ पुगेको छ ।
संक्रमित संख्यामा जर्मनीमा ७७ हजार ९ सय ८१ पुगेको छ भने मृत्यु हुनेको संख्या नौ सय ३१ पुगेको छ ।
यस्तै फान्समा संक्रमितको संख्या ५७ हजार ७ सय ६३ पुगेको छ भने मृत्यु हुनेको संख्या ४ हजार ३२ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *