बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

काेराेना भाइरस : स्वास्थ्यकर्मीलाई स्थानीय सरकारले प्रोत्साहन भत्ता
डडेलधुरा । कोरोना भाइरस (कोभिड –१९) को सम्भावित जोखिम रोकथाममा सम्लग्न स्वास्थ्यकर्मी तथा कार्यदलमा खटिने कर्मचारीलाई अमरगढी नगरपालिकाले प्रोत्साहन भत्ता प्रदान गर्ने भएको छ ।
नगरपालिकाले आइतबार तलब स्केलको २५ प्रतिशतसो भत्ता प्रदान गर्ने निर्णय गरेको स्वास्थ्य शाखा संयोजक गणेश बिष्टले जानकारी दिनुभो । उहाँका अनुसार लकडाउन अवधिमा सबै स्वास्थ्य सस्थालाई इन्धन तथा सो भाइरसका सम्भावित बिरामीलाई स्वास्थ्य सस्थासम्म पु¥याउने खर्च नगरपालिकाले उपलब्ध गराउने निर्णय समेत गरेको छ ।
नगरपालिकाले लकडाउनको समयमा घरभित्रै रहन आह्वान गर्नै स्वास्थ्य समस्या आएमा नजिकको स्वास्थ्यकर्मी अथवा स्वास्थ्य सस्थामा सम्पर्क गर्न आग्रह गरेको छ ।