नर्भिकमा कोभिड–१९ संक्रमितबारे अफवाह फैलाउने युवा पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको नर्भिक अस्पतालमा कोभिड–१९ संक्रमित बिरामी रहेको अफवाह फैलाउने व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्ने विवेक थापामगर रहेको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीको साइबल ब्यूरोले भक्तपुरस्थित सिपाडोलबाट रामेछाप स्थायी घर भएका २१ वर्षीय विवेकलाई पक्राउ गरेको हो । युवकले काठमाडौंस्थित नर्भिक अस्पतालमा कोभिड–१९ को संक्रमितको मृत्यु भएको र अझै थुप्रै संक्रमित रहेको हुनसक्ने भन्दै त्रासदी फैलाउने अडियो सन्देश रेकर्ड गरी सामाजिक सञ्जालमा साझा गरेको थियो ।

साइबर ब्यूरोले युवकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरीले युवकलाई अपरान्ह साढे तीनबजे नियन्त्रणमा सिपाडोलबाट लिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *