नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

नम्बरी सुनकाे मूल्य बढ्याे, ताेलाकाे कति ?
काठमाडौं । सुनको मूल्य घटबढ हुने क्रम जारी छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको भाउ बढेको छ । बिहीबार ७५ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य शुक्रबार तोलामा पाँच सय रुपैयाँले बढेर ७५ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।
तेजाबी सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेर ७५ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजाबी सुनको मूल्य तोलामा ७४ हजार सात सय रुपैयाँ थियो ।
यस्तै चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर सात सय रुपैयाँमा कारोबार भइरहेको छ ।