वेद मावि बराङ्दीको अध्यक्षमा बस्याल

दयाराज न्यौपाने
पाल्पा । वेद माध्यमिक विद्यालय वगनासकाली गाउँपालिका ८ बराङ्दीको व्यवस्थापन समितिको अध्यक्षमा गणेश प्रसाद बस्याल चयन हुनुभएको छ । शिक्षक अभिभावकहरुको भेलाले बस्यालको अध्यतामा नयाँ समिति चयन गरेको हो ।
नव निर्वाचित कार्यसमितिले मंगलबार कार्यभार लिएको छ । एक कार्यक्रमकाबीच निवर्तमान अध्यक्ष यज्ञ प्रसाद बस्यालले नव निर्वाचित अध्यक्ष बस्याललाई विद्यालयको माईनुट हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका कार्यबाहक अध्यक्ष मिरा मरासिनील मर्यादित र अनुशासित कायम गरि शिक्षाको गुणस्तरमा वृद्धि गर्न सुझाव दिनुभयो ।

कार्यक्रममा बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले सामुदायिक विद्यालयको गुणस्तर बढाउन र विद्यालयको संचालनका लागि नीति निर्माणको कार्यान्वयनमा लागेको बताउनु भयो ।

पदास्थापन कार्यक्रममा कार्य समितिका अध्यक्ष गणेशप्रसाद बस्यालले सामुदायिक विद्यालय सुधारमा सरकारी नीति, व्यवस्थापन समिति, अभिभावक र शिक्षक सबैको समान दायित्व हुने बताउनुभयो ।

पदास्थापना कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य ठाकुर गैरे, गाउँपालिका उपाध्यक्ष सरस्वती चिदी ,वडा अध्यक्ष गणेश बस्याल प्रधानाध्यापक डिल्लीराज पाण्डे, हरि पाठक, कृष्ण भुसाल , तारा प्रसाद घिमिरे , मोतीलाल बस्याल, डा.संकर गैरे लगायतले नयाँ कार्य समितिलाई शुभकामना दिँदै विद्यालय सुधार भौतिक पक्षमा भन्दा शैक्षिक पक्षमा लाग्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

निर्वाचित नयाँ कार्यसमितिको अन्य सदस्यहरुमा शारदा भुसाल, भरतमणि बस्याल, गिता भुसाल, नुमा देबि पाण्डे, भगवती घिमिरे, डिल्लीराज पाण्डे रहनु भएको छ । विद्यालयका प्रअ व्यवस्थापन समितिको सदस्य सचिव रहने व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *