तिनाउ गाउँपालिकाद्वारा व्यवसायिक कृषक उत्पादन अभियान सुरु

सुनिल कार्की
पाल्पा । जिल्लाको तिनाउ गाउँपालिकाले गाउँका कृषकलाई ब्यवासायिक बनाउने अभियान सुरु गरेको छ । गाउँ गाउँमा निर्वाहामुखी कृषि गर्दै आएका कृषकलाई ब्यवासयिक बनाई उनीहरुको आयआर्जनमा टेवा पु¥याउने उद्धेश्यले तालिम सञ्चालन गरेको हो ।

गाउँपालिकाले अभियानकै रुपमा वडा वडामा पुगेर तरकारी खेतिसम्बन्धि प्रयोगात्मक तालिम विस्तार गरेको छ । परम्परागत रुपमा कृषि गर्दै आएका तर कृषिलाई ब्यवासायिक बनाउन नसकेका कृषकलाई लक्षित गरी गाउँपालिकाले वडा नं ६ मस्याम पुग्दी कराङतुङ तथा झिरुवास टोलका १९० घरधुरी किसानलाई तरकारी खेती तालिम दिएको छ ।

तालिमको उद्घाट गर्दै गाउँपालिका अध्यक्ष ओम बहादुर घर्ती मगरले गाउँपालिकाको समृद्धिको आधारको रुपमा रहेको कृषिलाई ब्यवासयिक बनाउने लक्ष्य अनुरुपमा तालिम दिईएको बताउनुभयो । अध्यक्ष घर्ती मगरले स्थानीय चुनावमा लिएको कृषिलाई ब्यवासयिक बनाउने प्रतिबद्धतालाई कार्यन्वयन गर्ने दाबीसमेत गर्नुभयो । गाउँपालिकाको कृषि क्रान्तिलाई सफल बनाउन मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमलाई समेत साथमा लिएर अघि बढ्ने बताउनुभयो ।
तालिममा किसानहरुलाई तरकारीका बिउ बिजन, प्लाष्टिक टनेल, स्पेयर, भिटामिन, नर्सरी ब्यवस्थापन, कृषि औंजार लगायतको सामाग्री वितरण गरिएको थियो ।

गाउँपालिकाले घर घरमै आएर दिएको तालिमले ब्यवासयिक कृषिमा लाग्न थप उत्साहा मिलेको कृषक कृष्ण थापाले बताउनुभयो ।

तरकारी खेती तालिममा कृषि शाखाका प्रमुख हेमन्त कुमार शर्मा, कल्पना पोखरेल, किशोर रावाल लगायका कृषिप्राविधिकले सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रम कृषक समूहका अध्यक्ष रेवन कुवरको अध्यक्षता, कार्यक्रमकी सहजकर्ता गीता भट्राईको सञ्चालन, समूहकी सदस्य गोमा भण्डारीको स्वागत मन्तब्यबाट सुरु भएको थियोे । कार्यक्रममा वडा नं ६ का वडाअध्यक्ष टोम बहादुर पुन, प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम पाल्पाका प्रमुख दिपक भट्राई, स्थानीय कृषक खड्क गोदार लगायतले कृषि तालिमको सफलताको शुभकामना दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *