नेपालमा पहिलो पटक भारत र पाकिस्तानका रेस्लर भिड्दै

काठमाडौं । नेपाल महिला रेस्लिङ सघको आयोजनामा फागुन २६ गते मैत्रीपूर्ण रेस्लिङ प्रतियोगिता हुने भएको छ । सो मैत्रिपूर्ण रेस्लिङमा भारत र पाकिस्तानका पुरुष रेस्लर पहिलो पटक भिड्नेछन् । भारतका गोपाल शर्मा र पाकिस्तानका बार्ड कोबुले मैत्रीपूर्ण रेस्लिङमा प्रतिस्पर्धा गर्ने नेपाल महिला रेस्लिङ सघकी संस्थापक अध्यक्ष भगवती खड्काले जानकारी दिनुभयो ।

सोही दिन नेपालका महिला रेस्लरहरुबीच पनि मैत्रिपूर्ण खेल हुने खड्काले बताउनुभयो । नेपालका चर्चित महिला रेस्लर जुरेली, आकृती, गिता जिरेल, जमुना तामाङ, शान्ता धामीले सोही दिन प्रतिप्रर्धा गर्ने खड्काले जानकारी दिनुभयो । फागुन २६ गते गर्ने भनिएको खुल्ला अन्तराष्ट्रिय महिला रेस्लिङ कोरोना भाइरसका कारण स्थगित भएपछि खेल सद्भावका लागि मैत्रीपूर्ण खेल आयोजना गरिएको खड्काले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *