मुसालाई कारवाही माग गर्दै विधानपरिषदमा जिउँदो मुसा लिएर गएपछि….

एजेन्सी । भारतको बिहार विद्यान मण्डलमा शुक्रबार एक रोचक दृश्य देखियो । एक जना विद्यायकले जिउँदो मुसा मुसादानीमा राखेर बिहार विधान परिषदमा लगेर अपराधी मुसा भन्दै कारवाहीको माग राखे । हुन त भारतका विद्यायकहरुले आफ्नो कुराप्रति सरकारको ध्यानाकर्षण गराउन अनेक खालका हरकतहरु गर्छन् । यो घटना पनि त्यसकै नमुना हो ।

विहार विधानसभामा अहिले बजेट सत्र चलिरहेको छ । आरजेडीका विधायक शुबोध कुमारले अपराधी मुसा भन्दै मुसामाथि कारवाही माग गरेका हुन् । विद्यानपरिषदमा कुमारले मुसामाथि कारवाहीको माग राखिरहँदा बिहारकी पूर्व मुख्यमन्त्री राउडी देबी पनि थिइन् ।

उनले भनिन्, ‘मुसाले ट्रकका ट्रक औषधि खायो अस्पतालको र यो मुुसाले फाइल पनि काट्छ । जे हुन्छ दोष मुसामाथि लगाइन्छ, यो अपराधि सरकार लुटेरा सरकार हो घोटलमाथि घोटला भइराखेको छ त्यसप्रति कुनै कारवाही भएको छैन त मुसा पक्राउ गरिएको छ मुसामाथि कारवाही हुनुप¥यो ।’

अपराध, घोटला गर्नेहरुमाथि सरकारले कारवाही नगरेको आक्रोसमा उनीहरुले सरकारको बिरोध स्वरुप यो कटाक्ष गरेका हुन् ।स्मरण रहोस बिहारको नितेस सरकारले मुसालाई केन्द्रमा राख्दै आएको छ । यसअघि जब बिहारमा बाढी आएको थियो त्यतिबेला मुसाले बाँध भत्काएकाले बाढीआएको सरकारले तर्क गरेको थियो । त्यस्तै बिहारमा मदिरा बन्दी गर्दा जफत गरिएको मदिराका बोत्तल प्रहरी चौकीमै रित्ता पाइएको थियो त्यसबखत पनि मुसाले खाएको भन्दै सरकार पन्छिएको थियो ।

यसरी बारम्बार सरकारले मुसामाथि अपराधको आरोप थोपरेपछि विद्यायकहरुले मुसामाथि कारवाहीको माग गरेर सरकारको बिरोध जनाइका हुन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *