नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

प्रम ओलीलाई सामान्य हिँडडुल गराउन थालियो, स्वास्थ्यमा क्रमिक सुधार
काठमाडौं । मिर्गौला प्रत्यारोपण पछि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार गराइरहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई समान्य हिँडडुल गराउन थालिएको छ ।
त्रिवि शिक्षण अस्पतालले अपरान्ह विज्ञप्ति जारी गरी प्रधानमन्त्रीको श्वास्थ्य अबस्थामा क्रमिक सुधार भएको र उहाँलाई ठोस आहार दिन थालिएको जनाइएको छ । साथै उहाँका सबै महत्पूर्ण प्रयोगशाला परीक्षण सूचकाङ्कहरू समान्य अबस्थामा रहेको अस्पतालले जनाएको छ ।
प्रधानमन्बीओलीलाई मिर्गौला दान गर्ने समीक्षा संग्रौलाको स्वास्थ्य अवस्थामा पनि क्रमिकसुधार भइरहेको डाक्टर खड्गाले जानकारी दिनुभयाे । समीक्षालाई पनि ठोस आहार दिन थालिएको उहाँले बताउनुभयाे ।
ओलीकोमिर्गौला प्रत्यारोपण गर्ने शल्यक्रिया टोलीमा अस्पतालका युरोलजी तथा मिर्गौलाप्रत्यारोपण विभागका प्रा. डा. उत्तम शर्मा,प्रा. डा. प्रेम ज्ञवाली,डा. पवनराज चालिसे,डा. सुमन चापागाईं,डा. सुजित पौडेल र डा.मनीष प्रधानसँगै भारतीय डा. अनन्त कुमारलगायत संलग्न हुनुभएकाे थियाे ।