कोरोना भाइरस रोक्न के गर्दैछ फेसबुक ? संस्थापक जुकरबर्गले गरे यस्तो उद्घोष

काठमाडौँ । चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको सङ्क्रमण अहिले विश्वका थुप्रै देशहरुमा तीब्र गतिमा फैलिरहेको छ । विश्व स्वास्थ्य संगठन (WHO)को पछिल्लो तथ्याङ्क अनुसार हालसम्म ७७ देश कोरोना सङ्क्रमणबाट प्रभावित भएको छ । यो सङ्ख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले एसियाका नेपालसहित पाँच देश उच्च जोखिममा रहेको भन्दै अनुगमन गरिरहेको छ । हालसम्म कोरोनाले मर्नेको सङ्ख्या तीन हजार २०३ पुगेको छ । विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा. टेड्रोस अदानम गेब्रियसले बुधबार चीनबाहेक ८० प्रतिशत कोरोना सङ्क्रमण कोरिया, इरान र इटालीको रहेको बताएका छन् ।

के हो कोरोना भाइरस ? लक्षणहरू कस्ता हुन्छन् ?

अहिलेसम्म यो भाइरसको कुनै पनि प्रकारको इन्टिडोड खोप वा औषधि बनिसकेको छैन । संसारका थुप्रै वैज्ञानिक तथा औषधि कम्पनीहरु यसको खोज तथा परीक्षणमा लागेका छन् । यद्यपी अहिलेसम्म सफलता हात परेको छैन । तर समाजाजिक सञ्जालमा भने विभिन्न किसिमका भ्रामक सूचनाहरु भाइरल हुन थालेपछि फेसबुकले कोरोना भाइरस सम्बन्धि गलत सूचना नियन्त्रणका लागि कदम उठाएको छ ।

के गर्दैछ फेसबुक ?

सामाजिक सञ्जाल फेसबुक अहिले संसारभरका मानिसहरुकालागि सबैभन्दा छिटो र सरल रुपमा सूचना जानकारी प्राप्त गर्ने र सम्प्रेसण गर्ने गतिलो माध्यम बनेको छ । तर केही गलत प्रबृति र मानसिकता भएका मानिसहरुका कारण विभिन्न खाले गलत सूचनाहरु प्नि एक कान दुई कान मैदान गर्दै ब्यापक रुपमा फैलिरहेका हुन्छन् ।

यस्तैमा अहिले चीनको वुहानबाट सुरु फैलिएको कोरोना भाइरसका बारेमा पनि विभिन्न खाले भ्रामक सूचना जानकारी तथा अपवाहरु फैलिरहेका तथ्यहरु फेला परेपछि फेसबुकले त्यसलाई रोक्न कदम चालेको छ ।

फेसबुकका संस्थापक मार्क जुकरबर्गका अनुसार उनका स्वास्थ्य अधिकारीहरुका साथ मिलेर काम गरिरहेका छन् । उनले भनेका छन् ‘हामीले कोशिस गरिरहेका छौँ यसबारेमा सही जानकारी पाउन सकुन भन्ने सुनिश्चिता गरिराखेका छौँ । ‘ उनका अनुसार जब कोही फेसबुक यूजर फेसबुकमा कोरोना भाइरस शब्द सर्च गर्छ तब उसलाई एक सन्देश देखाउँछ अनि अधिक जानकारीका लागि विश्व स्वास्थ्य संगठन या स्थानीय स्वास्थ्य विभागको पेजमा लैजान्छ ।

यसका साथै फेसबुक आफ्नो पेजमा विश्व स्वास्थ्य संगठनको निःशुक विज्ञापनका लागि पनि स्थान दिएको छ । संस्थापक जुकरबर्गका अनुसार कोरोना भाइरस कोभिड–१९ को सामना गर्न लागि परेका अन्य संस्थाहरुको लागि समेत लाखौँ रुपैयाँ बराबरको विज्ञापन निःशुल्क दिने भएको छ ।

फेसबुकले कोरोना भाइरस बारे सामाजिक सञ्जालमा फैलिरहेका भ्रामक प्रचारहरुलाई समेत रोक्ने काम गरिरहेको संस्थापक जुकरबर्गले जनाएका छन् । सबैलाई आआफ्नो अनुभव सेयर गर्ने अधिकार त छ तर गलत जानकारी र अनेक किसिमका अड्कलबाजीहरु गर्ने र आम जनमानसलाई दिग्भ्रमित पार्ने त्रास फैलाउने सामाग्री हटाउने काम पनि भइरहेको उनले बताएका छन् ।

साथै फेसबुकले त्यस्ता अपवाफपूर्ण विज्ञापन सामाग्रीहरु ब्लक गर्ने काम पनि गरिरहेको उनले जानकारी दिएका छन् । जस्तै कोरोना भाइरसको औषधि वा खोप पत्त ा लागेको वा अन्य यस्तै खालका गलत फाइदा उठाउने प्रकृतिका विज्ञापन ब्लक गर्ने काम भइरहेको उनले बताएका छन् । फेसबुक पेज, ग्रुपहरुमा भइरहेको यस्ता गलत कामहरु रोक्ने प्रयास भइरहेको बताइएइको छ ।

के हो कोरोना भाइरस ?

कोरोना सार्स जस्तो, मर्स जस्तो र इन्फ्लुएन्जा जस्तो हैन यो एउटा निकै फरक विशेषता भएको भाइरस हो । तर यो इन्फ्लुएन्जा (मौसमी फ्लु)मा जस्तै नाक र मुखबाट बग्ने साना कणबाट एकअर्कामा सर्छ । इन्फ्लुएन्जा र कोरोनाबीच धेरै अन्तर रहेको विश्वस्वास्थ्य संगठनका चिकित्सकहरुले बताएका छन् । प्राप्त परीक्षणको तथ्याङ्क अनुसार पहिलो फरक इन्फ्लुएन्जाजस्तै सहजै यो सर्दैन किनकि जसलाई इन्फ्लुएन्जा भएको हुन्छ, त्यो बढी रफ्तारमा सर्छ । कोरोनामा भने यस्तो देखिएको छैन ।

के रुघाखोकी लाग्दैमा कोरोनाको परीक्षण जरुरी छ ?

मौसमी फ्लुभन्दा कोरोनाले अधिक गम्भीर रोग निम्त्याउँछ । मौसमी फ्लुको प्रतिरोधात्मक क्षमता निर्माण भइसकेको छ तर कोभिड–१९ नयाँ भाइरस भएकाले यसको प्रतिरोध बनेको छैन । यसका कारण धेरै मानिस अझै सङ्क्रमणको जोखिममा छन् । यसकै कारण केही मानिस गम्भीर रोगले ग्रस्त हुन सक्ने चिकित्सकहरुको भनाई छ ।

मौसमी फ्लुको तुलनामा कोरोनाबाट बढी मृत्युदर कायम भएको छ । सङ्क्रमितमध्ये मौसमी फ्लुले एक प्रतिशत कम मृत्युदर रहेको देखिएको छ । तर हालसम्मको परिणामले कोरोनाबाट कुल सङ्क्रमितमध्ये ३.४ प्रतिशतको मृत्यु भइरहेको देखाएको छ ।

चीनले कोरोना भाइरस विरुद्धको भ्याक्सिन बनाउन सफल भएको दाबी गरेको छ । चिनिया सेनाको मेजर जनरलको एक टोलीले कोरोना विरुद्धको भ्याक्सिन बनाएको चीनले दाबी गरेको छ । हाल परीक्षणका क्रममा रहेको यो भ्याक्सिन छिट्टै नै आम उपचारका लागि सार्वजनिक गरिने चीनले बताएको छ ।

कस्ता हुन्छन् लक्षण ?

यो भाइरसको संक्रमण भएमा ज्वरो आउने, कसैकसैमा श्वास प्रश्वासमा समस्या आउने र निमोनियाको लक्षण देखिने गर्छ । यो भाइरसले फोक्सोको ठूलो भागमा संक्रमण गराई निमोनियाको विकास गर्छ । अन्य संक्रमणमा भन्दा कोरोना भाइरसमा निमोनिया गराउन सक्ने क्षमता बढी हुन्छ । जनावरबाट सर्ने भनिएको यो भाइरस अहिले मानिसबाट मानिसलाई सर्ने भनिएको छ । पेकिङ्ग जर्नल अफ मेडिकल भाईरोलोजीमा प्रकाशित अनुसन्धान रिपोर्ट अनुसार चीनको वुहानमा देखिएको नयाँ कोरोना भाइरस सर्पबाट मानिसमा सरेको हो ।

कोरोना भाइरस : सावधानी अपनाउँदा सङ्क्रमणबाट बच्न सकिन्छ

चिकित्सकहरुका अनुसार कोरोनाभाइरसको सङ्क्रमण भएपछि ज्वरो आउँछ र त्यसपछि सुख्खा खोकी लाग्छ । केही हप्तापछि सास फेर्न गाह्रो हुन्छ र केही बिरामीलाई अस्पताल लैजाने अवस्था आउँछ । तर कैयौँ अवस्थामा यस्ता लक्षण नदेखिएका बिरामीमा पनि भेटिने गरेको विज्ञहरू बताएका छन् । एडिनबरा विश्वविद्यालयका प्राध्यक मार्क वुलहाउसका अनुसार अहिले देखिएका बिरामीमा रुघाखोकीको जस्तै लक्षण देखिन्छन् र त्यो चाहिँ चिन्ताको विषय हो । तर यो सङ्क्रमण सार्सको सङ्क्रमण जति गम्भीर प्रकृतिको नहुने उनको भनाइ छ ।

संक्रमणबाट कसरी जोगिने ?

काेराेना भाइरसकाे अहिलेसम्क कुनै उपचार छैन । कुनै औषधी, खोप वा एन्टीडोट पत्ता लागेको छैन । त्यसैले यसको संक्रमणबाट जागिनु नै एक मात्र विकल्प हो । यो नयाँ भाइरस भएकाले पनि यसको प्रभावको बारेमा धेरै कुरा पत्ता लागिसकेको छैन । वैज्ञानिकहरुले यसबारेमा अनुसन्धान गरिरहेका छन् । विश्वस्वास्थ्य संगठन लगायतका निकायहरु पनि लागेको बताइएको छ । कोरोना भाइरसबाट कसरी जोगिने त सरुवा रोग विशेषज्ञ डा. सेरबहादुर पुनको सल्लाह यस्तो छ–

यो भाइरस पशुपंक्षीबाट मानिसमा सर्ने भएकोले सकेसम्म पशुपंक्षीबाट टाढै रहने
ब्यक्तिगत सरसफाइमा ध्यान दिने
कसैले खोकेको छ भने टाढै बस्ने
सकेसम्म बढी भिडभाड हुने सार्वजनिकस्थलहरुमा नजाने, जानैपरे मास्क प्रयोग गर्ने
बाहिरबाट फर्किपछि राम्रौसँग हात मुख धुने
हातलाई घरीधरी नाक, मुख र आँखामा नलैजाने

कोरोना भाइरसबाट कसरी जोगिने यस्ता छन् विश्व स्वास्थ्य संगठनले दिएका ७ टिप्स

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *