हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
बच्चा बोकेकी महिला कुट्ने प्रहरी इन्स्पेक्टरलाई भयो यस्तो कारबाही
काठमाडौँ । बच्चा बोकेकी महिलालाई निर्ममतापूर्वक कुट्ने प्रहरी निरीक्षक(इन्स्पेक्टर) देवी पौडेल बिभागीय कारबाहीमा परेका छन् । उनलाई ललितपुर प्रहरी परिसरले आइतबार जिम्मेवारीबाट हटाएको छ ।
ललितपुर प्रहरी प्रमुख टेकप्रसाद राईले पौडेललाई भेँसेपाटी प्रहरी प्रभाग प्रमुखबाट हटाइएको जानकारी दिनुभयो । ‘मैले शुक्रबार नै उहाँलाई त्यहाँबाट हटाएको पत्र पठाइसकेको थिएँ’, एसएसपी राईले भन्नुभयो । पौडेलको ठाउँमा ललितपुर प्रहरी प्रभागको नयाँ प्रमुखमा इन्स्पेक्टर सुजित ओझालाई पठाइएको छ ।
गत बिहीबार भैँसेपाटीस्थित पूर्व जर्नेल हेम खत्रीको घरमा हुलदंगा र तोडफोड गरेको भन्दै इन्स्पेक्टर पौडेलले बच्चा बोकिरहेकी हेमा श्रेष्ठलाई लखेट्दै लाठी बर्साएका थिए । पौडेलले श्रेष्ठलाई लठ्ठी बर्साइरहेको भिडियो सामाजिक सन्जालमा भाइरल भएपछि उनलाई कारबाही गर्नुपर्ने माग जनस्तरबाट चर्को रुपमा उठेको थियो ।
थप कारबाहीका लागि छानविनसमिति
घटनाको छानबिन गर्न ललितपुर प्रहरीले एसपी दुर्गा सिंहको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । समतिको अध्ययन प्रतिबेदनका आधारमा पौडेलमाथि थप कारबाही टुङ्गो लाग्ने राईले बताउनुभयो ।
आफूलाई महिला अधिकारकर्मी बताउने हेमा पूर्व जर्नेल खत्रीलाई आफ्नो पति दावी गर्ने माला शाहसहितको समूहमा मिसिएर त्यहाँ पुगेकी थिइन् । शाहको समूहले खत्रीको घरमा तोडफोड गरेको प्रहरीको भनाइ छ । विवाहित खत्रीले आफुलाई कोठामा राखेर २२ वर्षदेखि श्रीमतीको व्यवहार गरिरहे पनि पछिल्लो समय नहेरेको दावी शाहको छ। प्रहरीले शाहलगायत केहीलाई अभद्र व्यवहार कसुरमा हिरासतमा राखेको छ ।