नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

प्रधानमन्त्री ओलीको दाेस्राे पटक मिर्गौला प्रत्यारोपण गरिँदै, कसले दिँदैछ मिर्गाैला ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको दाेस्राे पटक मिर्गौला प्रत्यारोपण गरिने भएको छ । त्रिवि शिक्षण अस्पतालमा नै प्रत्यारोपण हुनेछ ।
बुधबार मृगाैला प्रत्याराेपण हुने भएपछि उहाँ भोलि नै अस्पताल भर्ना हुनुहुने छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी -नेकपा)को आइतबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले आफ्नो उपचार योजनाबारे जानकारी गराउनुभएकाे थियाे ।
ओलीलाइ कसले मिर्गाैला दिँदैछ भन्ने बारेमा भने खुलाइएकाे छैन ।
प्रधानमन्त्री ओलीको १२ वर्षअघि दिल्लीको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । ६ वर्षअघि उहाँको हातमा पनि संक्रमण भएको थियो । दिल्ली र थाइल्यान्डमा लामो उपचार गरेपछि निको भएका उहाँ नियमित फलोअपमा थाइल्यान्ड जाने गर्नुभएकाे छ ।