What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

नेकपाद्वारा संविधान संशोधनका लागि बनाएको कार्यदल भंग
What To Know
- काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालय बैठकले संविधान संशोधनका लागि बनाएको कार्यदल भंग गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सचिवालय बैठकले कार्यदल भंग गर्ने निर्णय गरेको हो ।संविधान संशोधनको कार्यदल अगाडि बढाउनुपर्ने औचित्य नदेखिएकोले कार्यदल भंग गर्ने निर्णय भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयाे ।.
- राष्ट्रियसभामा मनोनित सदस्य पनि प्रधानमन्त्री हुन पाउने गरी संविधान संशोधनको प्रस्ताव तयार गर्न नेकपाले वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल बनाएको थियो । एउटा व्यक्तिको निजी महत्वकांक्षा पुरा गर्न संविधान संशोधन गर्न लागिएको भन्दै नागरिकस्तरबाट व्यापक विरोध तथा आलोचना भएपछि सचिवालय बैठकले यसलाई भंग गरेको हो ।.
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालय बैठकले संविधान संशोधनका लागि बनाएको कार्यदल भंग गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सचिवालय बैठकले कार्यदल भंग गर्ने निर्णय गरेको हो ।संविधान संशोधनको कार्यदल अगाडि बढाउनुपर्ने औचित्य नदेखिएकोले कार्यदल भंग गर्ने निर्णय भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयाे ।
बैठकपछि श्रेष्ठले भन्नुभयाे, ’संविधान संशोधन आवश्यकताअनुसार हुँदै जाने संविधानको मर्मअनुसार अगाडि बढ्न सकिन्छ तर अहिले नै संविधान संशोधनका लागि उक्त कार्यदललाई अगाडि बढाउनुपर्ने औचित्य आजको सचिवालय बैठकले देखेन ।’
राष्ट्रियसभामा मनोनित सदस्य पनि प्रधानमन्त्री हुन पाउने गरी संविधान संशोधनको प्रस्ताव तयार गर्न नेकपाले वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल बनाएको थियो । एउटा व्यक्तिको निजी महत्वकांक्षा पुरा गर्न संविधान संशोधन गर्न लागिएको भन्दै नागरिकस्तरबाट व्यापक विरोध तथा आलोचना भएपछि सचिवालय बैठकले यसलाई भंग गरेको हो ।
संविधान संशोधन कार्यदलका लागि तोकिएका सदस्यद्वय सुवासचन्द्र नेम्वाङ र खिमलाल देवकोटाले समेत कार्यदलमा बस्न अस्वीकार गर्नुभएकाे थियाे ।