काठमाडौँ । बुद्धजयन्तीको अवसर पारेर बिहीबारदेखि प्रदर्शन सुरु गरिएका दुई नयाँ चलचित्र ‘फर्की फर्की’ र ‘पुजार सार्की’ लाई दर्शकले साथ दिएका छन् । प्रदर्शनको पहिलो…
![](https://fairnepal.com/wp-content/uploads/2018/08/lokpath_31nFadHrIa.jpg)
६० बर्षदेखि म्याद थपेको थपै तर अझै भएन काम पूरा
काठमाडौं । कान्ति लोकपथ यस वर्ष पनि सम्पन्न हुन सकेन । तोकिएको समयमा काम नसकिएपछि कान्ति लोकपथ निर्माण योजनाको म्याद थप्न माग गरिएको छ । १ वर्ष म्याद थप्न सडक विभागसँग प्रस्ताव पठाएको उक्त योजनाका इन्जिनियर नरेन्द्र भट्टले जानकारी दिए । ‘लगभग सम्पूर्ण काम अन्तिम अबस्थामा पु¥याइएको छ । केही काम बाँकी रहेकोले म्याद थप्नुपरेको हो,’ इन्जिनियर भट्टको दावी थियो ।
आगामी दुई हप्ताभित्र १ वर्षकै म्याद थपिने बताउँदै उनले अघिल्लो आर्थिक वर्षभित्र नै काम सकी काठमाडौं–मकवानपुर (हेटौडा)मा सवारी गुडाउने लक्ष्य भए भए पनि पूरा नभएको स्वीकार गरे ।
छोटो दुरी भएकाले कम समयमै आउन जान सकिने हुँदा सरकारले यसलाई बैकल्पिक मार्गको रुपमा विशेष प्राथमिकतामा दिँदै आएको छ । विस २०१३ सालमा ट्रयाक खोलिएको यस मार्गमा २०७१/७२ देखि बहुबर्षिय ठेक्का लगाइएको थियो । नेपाल समाचारपत्रमा खबर छ ।