What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
रिब्दीकोटलाई पर्यटन र कृषिमा नमूना बनाउँछौँ : अध्यक्ष जिसी
What To Know
- कार्यक्रममा अध्यक्ष जिसीले रिब्दीकोट गाउँपालिकालाई पर्यटन र कृषि उत्पादनको नमूना गाउँ बनाउने बताउनुभयो । उहाँले पर्यटकीय स्थलमा पूर्वाधार निर्माण गर्ने, पुराना ऐतिहासिक स्थलको संरक्षण गर्ने काममा गाउँपालिकाले ध्यान दिएको जानकारी दिनुभयो ।.
- उहाँले कृषि क्षेत्रको विकासका लागि गाउँपालिकाले कृषकलाई उत्पादनका आधारमा अनुदानको व्यवस्थ गरेको जानकारी दिनुभयो । अध्यक्ष जिसीले किसानलाई आवश्यक हाते ट्रयाक्टर, मल बिउ तथा तालिममा समेत गाउँपालिकाले सहयोग गरेको महोत्सवका अवसरमा भनाई राख्नुभयो ।.
सुनिल कार्की
पाल्पा । पाल्पा महोत्सवमा रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसीले रिब्दीकोट गाउँपालिकाले गरेका पर्यटन र कृषि सम्बन्धी कामको फेहरिस्त प्रस्तुत गर्नुभएको छ । महोत्सव अबधिभर दश स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरुले गाउँपालिकाको चिनारी राख्ने कार्यक्रम अन्तर्गत रिब्दीकोट गाउँपालिकाका अध्यक्ष जिसीले महोत्सवमा सहभागीलाई गाउँपालिकाको परिचय सहित जनप्रतिनिधिले अघि सारेका कार्यक्रमका बारेमा जानकारी गराउनु भएको हो ।
कार्यक्रममा अध्यक्ष जिसीले रिब्दीकोट गाउँपालिकालाई पर्यटन र कृषि उत्पादनको नमूना गाउँ बनाउने बताउनुभयो । उहाँले पर्यटकीय स्थलमा पूर्वाधार निर्माण गर्ने, पुराना ऐतिहासिक स्थलको संरक्षण गर्ने काममा गाउँपालिकाले ध्यान दिएको जानकारी दिनुभयो ।

उहाँले कृषि क्षेत्रको विकासका लागि गाउँपालिकाले कृषकलाई उत्पादनका आधारमा अनुदानको व्यवस्थ गरेको जानकारी दिनुभयो । अध्यक्ष जिसीले किसानलाई आवश्यक हाते ट्रयाक्टर, मल बिउ तथा तालिममा समेत गाउँपालिकाले सहयोग गरेको महोत्सवका अवसरमा भनाई राख्नुभयो ।






