बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

स्वस्थानी वर्तकथाको यही पातो हो नेकपा सांसद यशोदाले च्यात्न भनेको, हेर्नुस् के लेखिएको छ ?
काठमाडौँ । प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की सांसद यशोदा सुवेदी गुरुङले स्वस्थानी ब्रतकथाको पुस्तकका पाना च्यात्नुपर्ने माग राखेपछि अनेक टिकाटिप्पणीहरु सुरु भएका छन् । सामाजिक सञ्जालमा पनि विभिन्न खाले प्रतिक्रियाहरु आइरहेका छन् । महिलामाथि हिंसा गर्ने र अपमान हुने गरी कथामा ब्याखा गरिएको भन्दै सांसद सुबेदीले कथाको उक्त पातो नै च्यात्न माग गर्नुभएको हो ।
नेपाली कांग्रेसको बिरोधका कारण पटक पटक प्रभावित हुँदै आएको संसद मंगलबार भने कांग्रेसले अबरोध नगरेर चल्न दिएको थियो । बैठकको शून्य समयमा बोल्ने अबसर पाउनुभएकी उहाँले महिलाले ब्रत गर्ने परम्परा रहेको ऋषी पञ्चमी र स्वस्थानी च्यात्न माग गर्नुभयो । बोल्नका लागि एक मिनेट समय पाउनु भएकी सुबेदीले समयको पावन्दीलाई मध्यनजर गर्दै लेखेरै सरसरती पढेर पूर्वतयारी अनुसारको विचार राख्दै सरकारको ध्याकाकर्षण गराउनु भएको हो । उहाँले महिला हिंसाका अरु विषयमा पनि सरकारको ध्यानाकर्षण गराउनुभएको थियो तर धेरैले स्वस्थानी कथाको पातो च्यात्ने कुरालाई जोड दिए ।
के लेखिएको छ कथामा
उहाँले च्यात्न माग गरेको कथाको पातोमा खासगरी पुरुष नै सर्वेसर्वा हुने गरी महिलालाई नीच देखाएर ब्याखा गरिएको छ । पुरुषले भनेका कुराहरु सबैकुरा मान्नु पर्ने र सहनुपर्ने कथामा उल्लेख गरिएको छ । कथामा लेखिएको छ, ‘हे माता पिता, स्त्री जातिको तीर्थ–वर्त, दान–धर्म पति नै हुन्, पुरुष रहेसम्म कहीँ कुनै तीर्थ–वर्त, दान–धर्म गर्नु पर्दैन ।’ कथामा अगाडि लेखिएको छ, ‘स्त्री जाति भएर आफ्ना पतिलाई रीस गरे डेरी हुन्छे । पुरुषको बचन नमाने पापिनी हुन्छे । पुरुषसित मुख लागे, गाली गरे लाटी हुन्छे । पुरुषसित लुकाई खाए कुकुर्नी हुन्छे । पुरुषसित द्रोह गरे गोही हुन्छे ।’ ….
याे प्रशंग गाेमाले शिवभट्ट र सती ब्राह्मणीसँग गरेको सम्वादको क्रममा आएको छ ।
यसोधाले संसदमा के भनेकी हुन् ?
उहाँले गृहमन्त्रालयले छाउगोठ भत्काउने काम स्वागत योग्य भएको बताउँदै मान्छेका मनमा रहेको छाउ प्रथा पनि हटाउनुपर्ने पनि बताउनुभयो । उहाँले छाउसँग जोडिएको धर्म संस्कृति र परम्परा भत्काउनुपर्ने बताउदै भन्नुभयो, ‘के गाँउ के शहर सरकार, राजनीतिक दल, नागरिक समाज सबैको सशक्त खाँचो छ, छाउसँग जोडिएर आउने धार्मिक अन्धविश्वासहरु भत्काउन सकोस्, छाउ जस्ता परम्परा र संस्कारलाई मजबुद पार्ने स्वस्थानी व्रतकथा र ऋषीपञ्चमी ब्रतकथाका पानाहरु च्यात्न सकोस् सरकारको ध्यानाकर्षण गर्न चाहन्छु ।’