कोरोना प्रभावित क्षेत्रका नेपाली लिन नेपाल एयरलाइन्सको वाइडबडी चीन जाँदै

काठमाडौँ । कोरोना भाइरस प्रभावित क्षेत्रबाट उद्धार गरिने नेपालीहरुलाई लिन नेपाल एयरलाइन्सको वाइडबडी ९एयरबस ३३०० विमान चीन जाने भएको छ ।

सो जहाज आगामी शुक्रबार फागुन ३ गते चीन जाने तयारीमा रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयका सूचना अधिकारी सुरेश आचार्यले जानकारी दिनुभयो । यद्यपी प्रधानमन्त्री कार्यालयबाट आएको निर्देशन अनुसारनै समय त्यसभन्दा अगाडी नै पनि हुन सक्ने आचार्यले बताउनुभयो ।

चीनबाट नेपाली विद्यार्थीहरुलाइ ल्याउनको लागि परराष्ट्र, पर्यटन, स्वास्थ्य मन्त्रालयसमेतका अधिकारीहरुसमेत रहने गरी समिति गठन गरिएको छ । समितिमा नेपाल एयरलाइन्सका प्रतिनिधि सदस्य रहनु भएको छ । कोरोना भाइरसको उद्गम थलो चीनको वुहानबाट करिब १८० जना नेपालीहरुलाई बेइजिङस्थित नेपाली दूतावाससँगको समन्वयमा सरकारले उद्धार गर्ने तयारी गरेको हो । वुहानमा अधिकांश अध्ययनका लागि गएका नेपालीहरु छन् ।

उनीहरुले आफूहरुको छिटो उद्धार गरिदिन सरकारलाई आग्रह गर्दै आएका छन् । उनीहरुका अभिभावकहरुले आफ्ना छोराछोरीको छिटो उद्धार गरिदिन माग गर्दै गृह मन्त्रालय, पर्यटन मन्त्रालय, स्वास्थ्य मन्त्रालय, मानव अधिकार आयोग लगायतको ध्यानाकर्षणसमेत गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *